काठमाडौं । भारत घरेलु मैदानमा जारी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।
पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले न्युजिल्यान्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजल्यान्ड ४८.५ ओभरमा ३२७ रन बनाउँदै अलआउट भयो।
भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ११७, श्रेयस ऐरले १०५ र सुमन गीलले ८० रन जोड्नुभयो।
जवाफी ब्याटिङमा न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाउनुभयो भने कप्तान केन विलियमसन ६९ रन जोड्नुभयो।
न्युजिल्यान्डको ब्याटिङ लाइनलाई भारतका बलर मोहम्मद सामी एक्लैले धराप पार्नुभयो। ९.५ ओभर बलिङ गर्नुभएका सामीले ५७ रन खर्चिएर सात विकेट लिनुभयो। भारतका लागि जसप्रित बुम्राहा, कुलदीप यादव र मोहमद सिराजले एकएक विकेट हात पार्नुभयो।
भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ३ गते प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !