काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटक बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ । आज (मंगलबार) प्राधिकरणले सूचना जारी गर्दै हिजो (सोमबार) को मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो ।
इन्टरनेट प्रदायक कम्पनीहरुले निर्देशन पालना नगरे दूर सञ्चार ऐन–२०५३ बमोजिम कारबाही गर्ने पनि प्राधिकरणले चेतावनी दिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो । टिकटकले समाजमा विकृति, विसंगति भित्र्याएको र सामाजिक सद्भाव खलबल्याएको सरकारको ठहर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !