काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन्।
बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई प्रहरीले आइतबार सोधपुछका लागि बोलाएको थियो।
प्रहरीले बोलाएपछि उनी आज साइबर ब्यूरोमा उपस्थित भएका हुन्। उनी करिब १५ मिनेट साइबर ब्यूरोमा बसेका थिए।
उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र केही विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।
आफूले बैंक र सहकारीका कारण उठिबास हुन लागेका पीडितको पक्षमा बोले पनि मिडियाले गलत ढंगले प्रस्तुत गरेको उनको दाबी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !