काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (कात्तिक २० गते) बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)लागू गर्ने भएको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो ।
यो सँगै अब दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएका मोबाइल चल्नेछैनन् । यस्तै, नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत यसअघि कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरु दर्ता गर्न भनेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !