Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उद्धार र राहत कार्यमा प्रधानमन्त्री दाहाल सक्रिय

उद्धार र राहत कार्यमा प्रधानमन्त्री दाहाल सक्रिय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का अनुभव गर्नुभयो । उहाँले उक्त झड्का प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा भूकम्प जाँदा उहाँ सुत्नुभएको थिएन । भूकम्पको धक्का महसुस गरेपछि उहाँ नसुतेरै ‘रिपोर्ट’ लिन थाल्नुभयो ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भूकम्पपछिको घटना सुनाउनुभयो, “भूकम्प गएपछि प्रधानमन्त्रीले राज्यका संयन्त्रमार्फत कहाँ कति क्षति भयो भनेर रिपोर्ट लिन थाल्नुभयो । राति १ बजेसम्म प्रारम्भिक रिपोर्ट लिएर तीन वटै सुरक्षा निकायलाई उद्धारमा लाग्न निर्देशन दिनुभयो ।” प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान २ बजेर ३४ मिनेटमा सामाजिक सञ्जालमा स्टाटस लेखेर घाइतेको तत्काल उद्धारका लागि तीन वटै सुरक्षा निकायलाई निर्देशन दिनुका साथै उद्धार र राहतमा जुट्न सबैलाई अपिल गर्नुभयो ।

उहाँ शनिबार बिहान ६ बज्न नपाउँदै चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधी र राहत सामग्री लिएर विमानस्थल पुग्नुभयो । उहाँसहित ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेता जनार्दन शर्मा, कर्णाली प्रदेशका सांसद राजीवविक्रम शाहसहित १६ जना चिकित्सक, सुरक्षाकर्मी र मेडिकल सामग्री लिएर सेनाको हेलिकोप्टरमार्फत जाजरकोट प्रस्थान गर्नुभयो ।

उहाँले जाजरकोट र रुकुमपश्चिम क्षेत्रका भूकम्पपीडितलाई भेट्नुका साथै घाइतेलाई सान्त्वना दिनुभएको थियो । उहाँ शनिबार अपराह्न काठमाडौँ फर्किनुभएको थियो । भूकम्प प्रभावितको उद्धार र राहतमा खटिनुभएका प्रधानमन्त्री प्रचण्ड आफू चढेको सेनाको हेलिकोप्टरसमेत जाजरकोटमा राहतका लागि छोडेर नियमित उडानमार्फत काठमाडौँ आउनुभएको थियो ।

कुनै कमी नहुने

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले घाइतेलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले कुनै कमी हुन नदिने बताउनुभएको छ । सुर्खेतमा आयोजित सङ्क्षिप्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले बिरामीको उपचारमा आफैँ प्रत्यक्ष अस्पताल पुगेर सान्त्वना दिएको उल्लेख गर्नुभयो ।

“हामीले भूकम्प प्रभावित जाजरकोट र रुकुमबाट घाइतेको उद्धार गरी अस्पताल पु¥याउने काम भयो । अरू सिकिस्त बिरामीलाई काठमाडौँ लगिएको छ । अरूलाई लग्न जहाज तयारी अवस्थामा राखिएको छ,” उहाँले भन्नुभयो, “भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री हेलिकोप्टरमार्फत पु¥याइएको छ । आइतबारबाट सडक मार्गमार्फत उद्धार गर्ने र राहत पु¥याउने छौँ ।”

गृह प्रशासन पनि सक्रिय

शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुख्यसचिव, मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रतिनिधिको बैठक बसेर घटनाको वस्तुस्थितिको विश्लेषण गर्नुका साथै सुरक्षा निकायलाई खोज उद्धार तथा राहत तत्काल उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले तत्काल राहत व्यवस्थापनका लागि खाद्यान्न, अस्थायी आवास टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग उपलब्ध गराउन आग्रह गर्नुभयो । बैठकले भूकम्पले अवरुद्ध बनाएको सडक खुलाउन र विद्युत् आपूर्ति सहज बनाउने निर्णय गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रका लागि मित्रराष्ट्र र कूटनीतिक नियोगले सद्भाव र सहयोग गर्न इच्छा देखाएकाले आवश्यक परे मात्रै अनुरोध गर्ने निर्णय गरिएको छ । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने राहत र पुनर्निर्माण एकद्वार प्रणालीबाट गर्ने बताएको छ ।

आइतबार मन्त्रीपरिषद् बैठक

मन्त्रीपरिषद् बैठक आइतबार बिहान ८ बजे बस्ने भएको छ । जाजरकोट र पश्चिमरुकुममा भूकम्पले क्षति गरेको सबै विवरण आएपछि निर्णय गर्न सजिलो हुने भएकाले आइतबार मन्त्रीपरिषद् बैठक राखिएको हो । प्रधानमन्त्रीसहित मन्त्रीहरू उद्धार र राहतमा केन्द्रित भएकाले आइतबार मन्त्रीपरिषद् बैठक बसेर नीतिगत निर्णय गरिने बताइएको छ ।

राहत उपलब्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले जाजरकोट र पश्चिमरुकुम क्षेत्रका भूकम्प पीडितको उद्धार, उपचार र राहत उपलब्ध गराइरहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्ता शर्माले शनिबार विज्ञप्ति जारी गरेर यस दुःखद घडीमा उद्धार, उपचार, राहत र पुनस्र्थापनालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले समेत प्रतिबद्धता जनाइसकेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले नेपाल दूरसञ्चार कम्पनीले भूकम्प प्रभावित पीडित, उद्धारकर्मी र आमनागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले मन्त्रालयको आग्रहमा पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क उपलब्ध गराएको जानकारी दिनुभयो । एनसेलले राहत कोषमा ५० लाख सहयोग र ४० लाख रुपियाँसम्मको कल र डाटा निःशुल्क उपलब्ध गराएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

14 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 week पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh