भक्तपुर । अवैध लागूऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-२ को औद्योगिक क्षेत्र अगाडि चेकजाँच गर्ने क्रममा गत २३ असोजमा प्रहरीले सुर्यविनायक नगरपालिका-६ का सुशान्त अर्याललाई स्कुटरको डिकीमा लागुऔषध राखेर लगिरहेको भेटाएको थियो ।

अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नेक्रममा थप तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका-३ बाट काठमाडौंका कृष्णकुमार दास र काठमाडौंको सिनामंगलबाट सप्तरीका दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो । त्यस्तै, अनुसन्धानकै क्रममा सप्तरीका जितेन्द्रकुमार रमनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीकाअनुसार अर्यालको साथबाट नोर्फिन –४५ एम्पुल , डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान लागूऔषध बरामद भएको थियो ।
त्यस्तै, दास र यादवको साथबाट डायजपाम १२५ एम्पुल, बुप्रिनोर्फिन १२५ एम्पुल र प्रोमेथोजिन १२५ उम्पुलसहित पक्राउ गरिएको डिएसपी पाठकले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !