लहान । नेपाली काँग्रेस सिरहा जिल्लाको लहान नगरपालिकाका नगर सभापती सन्जय यादवले पदभार ग्रहण गरेका छन् ।
आज (बिहिवार) हिन्दु संस्कृती अनुसार पुजापाठ गर्दै यादवले पदभार ग्रहण गरेका हुन् ।
असोज २९ गते नेपाली काँग्रेसको लहान नगरसभापति चयनको लागि सम्पन्न निर्वाचनबाट युवा नेता सञ्जय यादव निर्वाचित भएको थियो ।
निर्वाचित यादव १५२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँलाई १४० मत ल्याएर शितल प्रसाद चौधरीले पछ्याउनु भएको छ । फूलेश्वर महतोले ७३ मत ल्याउनु भएको हो । बाँकी मत बदर भएको छ । जम्मा ३७३ मत खसेको थियो ।
नेपाली काँग्रेस नगर सभापति २०७९ को स्थानीय निर्वाचनमा नगरसभापति रासलाल राय पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेर २४ नम्बर वडाको वडाध्यक्षको उम्मेदबार भएर निर्वाचित हुनुभयो । स्थानीय निर्वाचनदेखि खाली रहेको नगर सभापतिको लागि निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचित नगर सभापति यादवलाई जिल्ला सभापति रामचन्द्र यादव र नेपाली काँग्रेस सिरहा -१ को क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको साथ थियो भन्ने अर्को उम्मेदवार शितल कुमार चौधरीलाई पूर्व सांसद पदम नारायण चौधरी , अछ्मीत चौधरी र कन्हैया गुप्ताको साथ थियो । तेस्रो उम्मेदवार फुलेश्वर महतोलाई रामसुन्दर चौधरी र सीता देवि यादवको साथ थियो ।
निर्वाचित सञ्जय यादव नेपाल विधार्थी संघबाट त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव,नेवि संघको केन्द्रिय उपाध्यक्ष प्रदेशको संयोजक समेत रहि हाल महाधिवेशन प्रतिनिधि सदस्य पनि हुनुहुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !