Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानाध्यापकसहित शिक्षकहरुले विद्यार्थीलाई कक्षाकोठामा थुनेर निर्घात कुटपिट

प्रधानाध्यापकसहित शिक्षकहरुले विद्यार्थीलाई कक्षाकोठामा थुनेर निर्घात कुटपिट

सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नं १२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापकसहित शिक्षकहरुले कक्षाकोठामा थुनेर निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समीर राइनलाई गत मंगलबार कक्षा कोठामा अध्ययन गरिरहेको समयमा शिक्षकहरूले कुटपिट गरेका हुन् ।

कुटपिटको क्रममा घाइते विद्यार्थी समीर सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । घटनापछि उनी विद्यालय नै जान नसकेको समीरका बाबु मो. अकबर मियाले बताएका छन् ।

गत मंगलबार दिउँसो ३ बजे कक्षामा अध्ययन गरिरहेका समीरलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए । ‘मलाई स्टाफ कोठामा लगेपछि हेडसर जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कोठा थुनेर एक घण्टासम्म निर्घात कुटिरहे,’ घाइते विद्यार्थी समीरले भने, ‘तिमी बढी बुझ्ने भयौ भन्दै तीनै जना मिलेर लात्ती, पाइप, मुक्काले एकोहोरो कुटिरहे ।’ दिनभरको कक्षा छुट्टी भएपछि मात्र आफूलाई गेटमा घाइते अवस्थामा ल्याएर छोडिदिएको पनि समीरले बताएका छन् ।

घाइते समीरका बाबु मियाका अनुसार कुटाइबाट अनुहार, टाउको, पिठ्युँ, छाती, खुट्टा लगायतका शरीरका विभिन्न भागमा निलडाम नै लाग्ने गरी गहिरो चोट लागेको छ । मंगलबार राति नै उनलाई सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएपछि हाल घरमै आराम गराइएको बाबु मियाले बताए ।

समीरले भनेका छन्, ‘अहिले पनि टाउको दुखेको दुख्यै छ । शरीर काँपिरहेको छ, टाउको घुमिरहेको छ, अब स्कुल जानै डर लागिरहेको छ ।’ यसअघि प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीहरूले सरुवाको विरोध गरेको र विद्यालयको मातहतमा रहेको सारस्वरनाथ गुद्री हटियाको ठेक्काको विषयमा पनि उनले प्रश्न उठाएका थिए ।

प्रधानाध्यापक जयचन्द्र यादवले भने समीरले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेको दाबी गरेका छन् । सोहीकारण गुरुको रुपमा सजाय दिएको प्रअ यादवले बताएका छन् । ‘केटो बदमास हो, यस घटनालाई अन्यत्र नमोड्नु । मलाई सहयोग गर्नुस् । उसलाई गुरुको रुपमा सजाय दिएको हुँ, परिस्थिति यस्तो बन्यो कि उसमाथि चोट लाग्यो ।’

घटनापछि समीरका बाबुले भने प्रधानाध्यापक जयचन्द्र, लेखापाल जितेन्द्र र कार्याल्य सहयोगी जयनारायणलाई कारबाहीको माग गर्दै गत भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएको बताएका छन् । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे जानकारी आएको तर जाहेरी आइनसकेको बताएका छन् । साथै यसबारे विस्तृतमा बुझ्ने कार्य भइरहेको बताए । दोषीलाई कानुनी दायरामा ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरहा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिलिपकुमार यादवले घटनाबारे प्रधानाध्यापक, विद्यार्थी र उनको परिवारसँग बुझ्ने कार्य भइरहेको बताएका छन् । पीडित समीरका बाबुले आफ्नो छोरालाई पशुजस्तै गरी कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh