Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो: प्रधानमन्त्री दाहाल


टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो: प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ।

आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुहुरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई जनगायकको उपाधि दिएको बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ।’’

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

नेपालको प्रगतिवादी सांगीतिक आन्दोलनका अथक योद्धा एवं जनताका गायक जेबी टुहुरेको स्मृति, जीवन र कार्यहरूसमेत समाविष्ट गरी जेबी टुहुरे फाउन्डेसनद्वारा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक जे.बी. टुहुरे नामक स्मृतिग्रन्थ लोकर्पण गर्न पाउँदा मलाई खुसी लागेको छ। सर्वप्रथम जनभाकाका माध्यमबाट आम जनसमुदायमा राजनीतिक चेतनाको जग र जागरणको उर्जा भर्नुहुने जनताका प्रिय गायक जेबी टुहुरेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका विचार र योगदानको संरक्षण एवं भावी पुस्ताका निम्ति उर्जाशील विचार सम्प्रेषणका लागि फाउन्डेसनको भूमिकाप्रति कृतज्ञता प्रकट गर्दछु।

जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ। यसका निम्ति यहाँहरू सबैलाई बधाइ ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्राप्त गरेकोमा गौरवान्वित महसुस गरेको कुरासमेत यहाँहरूसमक्ष राख्न चाहन्छु।
स्मृतिग्रन्थमा जेबी टुहुरेको जीवन, विचार र कर्महरूका विविध आयामहरूलाई विभिन्न कोणबाट विश्लेषण र संश्लेषण गरिएको छ, समग्र पुस्तक पढ्दा टुहुरेको चेहरा स्मरणमा ल्याइदिन्छ। यहाँहरू प्रत्यक्ष, सघन र लामो संगत र सहकार्य गरेका व्यक्तित्वहरूका विचार, भावना र अनुभूतिको पुस्तकमा जसरी संकेन्द्रण भएको छ, यसले टुहुरेको समग्र जीवन बुझ्न र जीवन एवं कर्महरूबाट शिक्षा लिन अभिप्रेरित गर्दछ। यस अर्थमा यो पुस्तक धेरै गहन र महत्वपूर्ण भएको मैले पाएको छु।

जेबी टुहुरे फाउन्डेसनद्वारा प्रकाशित यस कृतिमा आकारका दृष्टिले मात्र नभएर विचार र अनुभूतिको दृष्टिले समेत जीवन्त र महत्वपूर्ण छ। पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वहरूका साथै घनिष्ठ मित्र र नातेदारहरूका विचार र भावना समेटिएका कारण पुस्तकले पूर्णाकार प्राप्त गरेको नै अनुभूति हुन्छ। यद्यपि, लेखकहरूलाई विधागत कार्यक्षेत्र तोकेर सामग्रीहरू सम्पादन गर्दा हरेक सामाजिक व्यक्तित्वका बहुआयमिक पक्षहरूको विश्लेषण र समीक्षा हुन सक्दछ भन्ने तथ्यतर्फ आगामी दिनमा फाउन्डेसनले ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु। साथै टुहुरेको व्यक्तिगत, राजनीतिक एवं सामाजिक जीवनी एवं उहाँहरूका सिर्जनाहरूको व्यवस्थित रूपरेखा समाविष्ट गरिएको भए पुस्तकले पूर्ण आकार प्राप्त गर्दथ्यो। प्रकाशकले आगामी दिनमा यसतर्फसमेत ध्यान दिनुहुन अनुरोध गर्दछु। पुस्तक सम्पादनका निम्ति सम्पादक, सहसम्पादक लगायतको सम्पादन मण्डलले जुन मेहेनत गरेको छ, त्यो आफै महत्वपूर्ण छ । यसका निम्ति उहाँहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।

जे.बी. टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो, यद्यपि उहाँको मूल विद्या र मुख्य योगदान चाहिँ प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन हो। जतिबेला हामी राजनीतिक आन्दोलनमा सक्रिय भएर जनतालाई जागृत गर्न, संगठित गर्न प्रयत्न गथ्र्यौं, कोरा विचार प्रवाहबाट जनसमुदायलाई संगठित गर्न निकै कठिन हुन्थ्यो। तर, जब साहित्यकार एवं संगीतकर्मीहरूको प्रस्तुति हुन्थ्यो, जनतामा विशेष प्रकारको अनुराग र आकर्षण हुन्थ्यो। साहित्य र संगीतको माध्यमबाट आम जनसमुदायलाई आकर्षित, प्रशिक्षित र संगठित गर्ने तथा राजनीतिक मन्तव्य, सिद्धान्त र दर्शनबाट परिस्कृत गर्दै नेतृत्वको रूपमा विकास गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको आम प्रवृत्तिको रूपमा विकसित हुँदै आएको छ। त्यही कुरालाई संश्लेषण गर्दै महान् जनयुद्धको क्रममा मैले बन्दुक, कलम र मादलको एकीकृत तागत पैदा गर्नुपर्ने कुरामा जोड दिएको थिएँ। आजको परिवर्तित सन्दर्भमा समेत कलम र मादलको भूमिका उत्तिकै महत्वपूर्ण भएको ठान्दछु।

शान्तिप्रक्रियामा प्रवेशपछि कमरेड जेबी टुहुरेसँग विशेष सम्बन्ध र आत्मीयता स्थापित हुँदै गयो। संविधान निर्माणको प्रक्रियामा नेपालको साहित्यिक एवं सांस्कृतिक आन्दोलनको नीति र कार्यक्रमबारे समेत उहाँका गहन विचार र भावनाहरू प्रस्तुत हुन्थ्यो। उहाँको सम्पूर्ण जीवन नै समाज रूपान्तरणका निम्ति समर्पित थियो। यस अर्थमा उहाँको सिंगो जीवन वर्तमान र भविष्यका निम्तिसमेत उत्तिकै प्रेरणादायी छ, अनुकरणीय र उर्जाशील छ।

वि.सं. २००१ सालमा मोरड जिल्लामा जन्मिनुभएका जुठबहादुर खड्कीले सांगीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थाति गराउनुभयो। पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्रका विरूद्ध सांस्कृतिक एवं सांगीतिक आन्दोलनको नेतृत्व गर्नुभएका टुहुरेका सयौँ कृतिहरू छन्, त्यसमध्ये ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी बनेर’ लगायतका गीतले उहाँलाई राष्ट्रिय गायकमा स्थापित गर्नुका साथै उत्पीडनको विरोध र न्यायका निम्ति संघर्ष गर्न प्रेरित ग¥यो। उहाँको गायकी, जसले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरूद्ध आवाज उठाउन प्ररित गथ्र्यो, महिलाहरूलाई आफ्नो मुक्तिका निम्ति संघर्ष गर्न प्रेरित गथ्र्यो, त्यसैले उहाँ न्यायप्रेमी जनसमुदायका बीच अजर अमर गायकका रूपमा स्थापित हुनुभयो।

जनगायक जेबी टुहुरे अहिले हामीमाँझ हुनुहुन्न। २०७८ साल भदौ १० गते उहाँले भौतिक रूपमा छोडेर गइसक्नुभएको छ। तर, आधा शताब्दीदेखि नेपाली समाजमा सामाजिक विसंगति, शोषण, भेदभाव, महिलाहरूमाथि हुने उत्पीडनका विरुद्ध, अप्ठ्यारोमा जनताको राहतका निम्ति, सामाजिक जागरणका निम्ति र समग्रमा सिंगो राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति उहाँको योगदान हामीसामु छ। उहाँसँगका सहकार्य र सहयात्राका क्षणहरू हाम्रो स्मरणमा रहिरहनेछन्। तसर्थ, उहाँको जीवन र कर्मबाट सक्नु तथा आफ्नो जीवनमा सही ढंगले आत्मसात गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने म ठान्छु।

अन्त्यमा, टुहुरेको स्मृतिमा प्रकाशित यस कृति उहाँको जीवनी, विचार, कर्म एवं सिर्जनाहरूको व्यवस्थित अभिलेखन र भावी पुस्तामा क्रान्तिकारी विचार र संस्कृति निर्माणका निम्ति महत्वपूर्ण एवं संग्रहीय हुने विश्वासका साथ जनताका प्रिय गायक जेबी टुहुरेप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विदा हुन्छु, धन्यवाद।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

20 hours पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

2 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

20 hours पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न

2 days पहिले
उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

2 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh