काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मंगलबार (आज) छलफल गर्दै छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्न बिहान साढे ८ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद् अवरोधको विषयमा गम्भीर चासो व्यक्त गरेका थिए ।
मंगलबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा उच्चस्तरीय समितिमार्फत् सुन तस्करीबारे छानबिन गर्ने सहमति भएकाले एमाले संसदको अवरोध हटाउन तयार देखिएको छ । यही विषय राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !