काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ ।
प्रचण्ड पत्नी दाहालको बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !