मिर्चैया । सिराहाको मिर्चैया नगरपालिकामा एक बर्षमै जनप्रतिनिधिले इन्धन मा ७१ लाख ३३ हजार ५ सय ९९ रुपैयाँ र सवारी मर्मतमा ४४ लाख १० हजार ४ सय ७० रुपैया गरि जम्मा १ करोड १५ लाख ४४ हजार ६९ रुपियाँ खर्च गरेको पाइएको छ ।
जनप्रभाव साप्ताहिक पत्रीकालाई प्राप्त विवरणअनुसार मिर्चैया नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा सो रकम खर्च गरेको पाइएको हो ।
मिर्चैया नगरपालिका मेयर श्रवन कुमार यादवको हस्ताक्षर र नगरपालिकाको छाप लागेको कुपनको आधारमा मात्रै इन्धन (डिजल र पेट्रोल) उपलब्ध हुँदै आएको छ ।
मेयर यादवले आवश्यकताभन्दा पनि मनोमानी ढंगले कुपन काटेर नगरपालिकाको बजेट दोहन गर्दै आएको कर्मचारी स्रोतको दाबी छ ।
उनले इन्धन खपत भएको ‘लगबुक’ समेत नराखिएको बताए । ‘उसो त आर्थिक पाटोसँग जोडिएका प्रायःजसो सबै विषय कर्मचारीसँगै जोडिएको हुन्छ र फजुल खर्च नियन्त्रण गर्ने दायित्व पनि कर्मचारीकै हो तर इन्धनको ‘कुपन’मा मेयर ज्यूको मनोमानी छ’, उनले भने– ‘उहाँ आफ्नै निजी सम्पत्तिसरह अन्धाधुन्ध इन्धनको नाममा पैसा सकाइरहनुभएको छ ।’
त्यस्तै, नगरपालिकामा मर्मततर्फ पनि सोही अवधिमा सवारीसाधन मर्मतका लागि ४४ लाख १० हजार ४ सय ७० रुपियाँ खर्च गरेको छ ।
यस बिषयमा प्रीतकृया लिनको लागि पटकपटक प्रयास गर्दापनि मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिजय कुमार महतो सम्पर्कमा आउन चाहेनन्
फेसबुकबाट तपाईको प्रतिक्रिया !