काठमाडौ । सरकारले वर्तमान मुख्यसचिव शंकरदाश वैरागीलाई राजीनामा दिन लगाएर राष्ट्रिय सुरक्ष परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव रहेका वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति दिने निर्णय गरेको हो ।
वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको हो ।
उनि २०७७ असोज १५ गते नेपालको २५औं मुख्यसचिवमा नियुक्त भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !