काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाए ।
एशोसिएसनको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले अन्य ४ जनालाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले ३९५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत पाए ।
यस्तै उपाध्यक्षमा ३१५ मतका साथ जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा ६१९ मतका साथ कविता थापा कार्की विजयी भएका छन् ।यस्तै प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् ।
बागमतीबाट १४३ मतका साथ जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।अध्यक्ष केसीलगायत अधिकांस पदाधिकारी तथा सदस्यहरू संस्थापनइतर समूहका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !