काठमाडौं । सीजी फुड्स प्रालीले यशोदा फुड्स प्रा.लि विरूद्व
उद्योग विभागमा मुद्दा दायर गरेको छ । यशोदा फुड्स प्रा.लि द्वारा उत्पादित करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको कम्पनीले जनाएको छ ।
वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कलगरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको कम्पनीले जनाएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि ¥यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको कम्पनीले जनाएको छ ।
पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ । उपभोक्तालाई भ्रममा पार्ने गरि ट्रेडमार्क हुवहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ ।
वाइवाइ जस्तै देखिने ¥यापर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रालीले उद्योग विभागमा मुद्दा दायर गरेको जनाएको छ ।सीजी फुड्सले यहि कानुनअनुसार करेन्ट चाउचाउ माथि कार्वाही हुनुपर्ने माग गरेको छ । कानुनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ ।सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्दा लामो समयदेखि विचाराधीन अवस्थामा छ ।
पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कलगर्ने प्रवृत्ति मौलाउँदै गएको छ ।स्थापित वस्तुहरुको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरि गरेर कम लागतमा धेरै मुनाफा आर्जन गर्ने प्रवृत्ति बढेको छ ।
यसबाट यशोदा फुड्सले कानुनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन गरेको छ ।वाइवाइ नेपालको लोकप्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायमगरि चौधरी ग्रुपद्वारा उत्पादीत वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !