काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , एमालेका अध्यक्ष केपी, शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको हो ।
सदन अवरोध हटाउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का , एमाले नेता पदम गिरी र कांग्रेस नेता रमेश लेखक सहभागी छन् ।

















