Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू


‘घण्टी कांग्रेस’का नेताहरूको थरिथरीका काण्डहरू

काठमाडौं । चुनावका बेला अन्तर्घात गरेर आधिकारिक उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको आरोप लागेका नेपाली कांग्रेसका करीव एक दर्जन नेताहरू रुपान्तरण अभियान शुरु गरेका छन् ।

कांग्रेसलाई रुपान्तरण गर्ने भनेर अभियान चलाएका नेताहरूको बिगतको राजनीतिक इतिहाँस गतिलो छैन । ती सबै अन्तर्घातीका रुपमा कारबाही सिफारिसमा परेकाहरू छन् । उनीहरूलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप छ । अर्थत् रुपान्तरण अभियानमा लागेका नेताहरू घण्टी कांग्रेसका रुपमा परिचित छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्द पोख्रेल, मधु आचार्य, नेताहरू गुरुराज घिमिरे, रञ्जित कर्ण, सुवास पोखरेल, विनोद कायस्थ, भुपेन्द्रजंग शाही, भरत खड्कालगायतका नेताहरू रुपान्तरण अभियानमा अग्रभागमा देखिएका छन् ।

डा.गोविन्द पोखरेलले गठबन्धनका उम्मेदवारहरूलाई हराएर एमालेका सूर्य थापालाई जिताएका अन्तर्घाती हुन् । डा.पोखरेल कांग्रेसको नामबाट धेरै व्यक्तिगत लाभ लिने नेतामा परिचित छन् ।

डा.पोखरेल प्रतिनिधि सभाको चुनावका बेला झण्डै कांग्रेसलाई छाडेर एमालेबाट दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बन्न खोजेका थिए । विगतमा जनमोर्चामा रहेका डा.पोखरेललाई उनका ससुराले कांग्रेसमा प्रवेश गराएर बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए । बैकल्पिक उर्जामा डा.पोखरेलले अकुत कमाइ गरेको आरोप छ । त्यसपछि डा.पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, भूकम्प प्राधिकरणको निर्देशक, प्रधानमन्त्री सुशील कोइरालाको सल्लाहकार लगायतको पदमा बसेर लाभ लिएका छन् ।

मधु आचार्य प्रतिनिधि सभामा काभ्रेका उम्मेदवार शिव हुमागाईंलाई अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका नेता हुन् । आचार्यले गुटको नाममा काभ्रेपलाञ्चोकमा कांग्रेस सिध्याउने नेताका रुपमा ठूलो परिचय बनाएका छन् ।

गुरुराज घिमिरेले पनि गुटका नाममा कोइराला परिवारबाट धेरै अवसर पाएका नेता हुन् । उनी नेविसंघको टीके अध्यक्ष हुनेदेखि विभिन्न लाभ पाउनेमा पर्छन् । १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापतिमा पराजित अनुहार हुन् ।

भुपेन्द्रजंग शाही नेपाल तरुण दलको महासचिव रहेका बेला कारबाहीमा परेका नेता हुन् । जागरण अभियानका बेला पार्टीको नीति विपरितका हर्कत गरेपछि शाहीलाई महासचिव पदबाट अपदस्थ गरिएको थियो । शाही कर्णाली कांग्रेसको सभापतिमा नराम्रोसँग पराजित अनुहार हुन् । रामचन्द्र पौडेल शान्ति मन्त्री बनेका बेला शाहीले द्वन्द्वपीडितहरूको नाममा अकुत कमाइ गरेको आरोप छ । शाहीले काठमाडौं उपत्यकाभित्र थुप्रै जग्गा जोडेर राखेका छन् । शाही आर्थिक मामिलामा कमजोर छन् ।

नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण समानुपातिकका पूर्वसांसद र नेविसंघका टीके अध्यक्ष हुन् । पार्टीको १४औँ महाधिवेशनमा सह–महामन्त्री ताकेका थिए । गुटबाट सह–महामन्त्रीको टिकट नपाएपछि कर्णले गुटै सह–महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई अन्तर्घात गरेर हराइदिएका थिए ।

सुवास पोखरेल पनि अन्तर्घातीका रुपमा परिचित छन् । उनले पार्टीको महाधिवेशनका बेला नेता शेखर कोइरालासँग दश लाख रुपियाँ लगेर खोटाङमा आफैले खाएको आरोप छ ।

तेस्रो गुटमा उदाएको घण्टी कांग्रेसले प्रदेश तहदेखि देशबाहिरसम्मको जिम्मेवारी लिएर भेला तथा अन्तक्रिया गर्दैछन् । घण्टी कांग्रेसको कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेल औपचारिक रुपमा देखिएका छैनन् । तर, उनीहरूले भित्रभित्रै समर्थन र सहयोग गरेको चर्चा छ ।

घण्टी कांग्रेसको अभियोग लागेका उनीहरूले अभियानमार्फत तेस्रो गुट बनाएर नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको आरोप छ । घण्टी कांग्रेस र अन्तर्घातको आरोप लागेका यी नेताहरूसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

8 months पहिले
लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

8 months पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

9 months पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

9 months पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh