Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नक्कली शरणार्थी काण्डको अनुसन्धानबाट हतास देखिएका एमाले अध्यक्ष ओलीलाई प्रहरीको दैनिक रिपोर्टिङ


नक्कली शरणार्थी काण्डको अनुसन्धानबाट हतास देखिएका एमाले अध्यक्ष ओलीलाई प्रहरीको दैनिक रिपोर्टिङ

अहिले प्रहरी अधिकारीहरूलाई यो सरकार धेरै समय नजाने भन्दै ओलीले जसरी हुन्छ बयानलाई एमाले भन्दा अरू तिरै फर्काउन दवाव दिने गरेको बताइन्छ ।

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नक्कली शरणार्थी प्रकरणको अनुसन्धानसम्बन्धी सूचना दैनिक पुर्याउने गरेको तथ्य खुलेको छ । अध्यक्ष ओलीले दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेपछि एकाएक मोडिएको नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित बनाउन अनुसन्धानभित्र भएका सूचनाहरू प्रहरीले ओलीसम्म पुर्याएको उच्च प्रहरी स्रोतको भनाइ छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहका नाइकेहरूसँग बयान लिन थालिएको समयमा उनीहरूका बयान ओली समक्ष पुर्याउने गरिएको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले हिरासतमा भइरहेका गतिविधि र उनीहरूले दिएको बयानलाई अध्यक्ष ओलीसामू दैनिक रिपोटिङ गरिरहेको दावी स्रोतको छ । नेता ओली आफैले पनि प्रहरी लगायत विभिन्न स्राेतबाट बयान र अनुसन्धानकाे सूचनाहरू आफूलाई आउने गरेकाे सार्वजनिक रूपमै खुलासा गरेका छन् । ६ वर्ष अघि ओली प्रधानमन्त्री भएको समयमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य सुरु भएको थियो ।

बबरमहल स्थित जिल्ला सरकारी वकिल कार्यालयमा भएको बयान र बयानका क्रममा प्रश्नोत्तर गरी बोलिएका कुरा लिपिबद्ध गरी त्यसमा हस्ताक्षर गराइएका कुराको जानकारी ओलीले दैनिक पाउँदै आएका छन् । ओली र प्रधानमन्त्रीबीच भेट भएपछि प्रहरीले बयान गराउन लगेका एवं परेकाहरूलाई आफूले देखेको र भोगेको कुरा जस्ताको त्यस्तै नदिन दवाव दिन थालिएको छ । उनीहरूले यो घटनाको वास्तविक विषयभन्दा बाहिर गएर बयान दिन प्रहरी र सरकारी वकिलको कार्यालयले दवाव दिइरहेको बताइएको छ । 

स्रोतका अनुसार सरकारी वकिलको कार्यालयले तयार पारेको विवरण अनुसार मात्र बयान दिनुपर्ने भनेर दवाव दिन थालिएपछि सानु भण्डारीले आफूले भने अनुसार बयान नलेख्ने हो भने ‘सरकारी वकिल कार्यालयमै आत्मदाह गर्ने’ धम्की दिएका थिए । उनले आफूलाई ठग्ने कुनै पनि राजनीतिक व्यक्तिलाई बचाउने गरी बयान नदिने भनेर आत्महत्या गर्ने चेतावनी दिएपछि यतिबेला बयान नै रोकिएको छ ।  प्रहरी र सरकारी वकिलले आइतबारदेखि केही दिनका लागि भन्दै बयान लिएका छैनन् । बयान फेर्न लगाउने दवाव पनि विभिन्न स्राेतबाट गएकाे बताइएको छ । 

यो प्रकरणको अनुसन्धान सुरु भएर नेताहरूका नाममा पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओली एकाएक हतास देखिन थालेका छन् । उनले प्रधानमन्त्री हुँदा अति नै विश्वास गरेका तत्कालीन  गृहसचिव प्रेमकुमार राईले धेरै जसो नक्कली शरणार्थी बनाउन कागजपत्र तयार गरेका थिए । उनकै पहलमा नक्कली शरणार्थी बनाइएका नेपालीको अमेरिकी दूतावासमा नाम रुजु गर्ने देखि अप्वाइन्टमेन्ट लिनेसम्मको काम भएका थिए ।

अहिले प्रहरी अधिकारीहरूलाई यो सरकार धेरै समय नजाने भन्दै ओलीले जसरी हुन्छ बयानलाई एमाले भन्दा अरू तिरै फर्काउन दवाव दिने गरेको बताइन्छ ।

राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त छन् । ओली कार्यकालमा यो काण्डमा धेरै नेपाली ठगिएका र पार्टी सचिव टाेपबहादुर रायमाझीसहित एमाले नेतादेखि ओलीको तत्कालीन सचिवालयमा रहेका व्यक्तिहरूसमेत तानिने भएपछि ओली हतास मनस्थितिमा देखिएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई आफूले भने अनुसार काम नगरे सत्ता समीकरण बदलेर प्रधानमन्त्रीबाट हटाउने सम्मको चेतावनी दिएको निकटहरु बताउँछन् । 

ओलीको दवाव आएपछि प्रहरी  र सरकारी वकिलको कार्यालयले पनि थप बयान लिन रोकेको छ । बयानमा एमाले नेताहरू पोलिने  भएका कारण रोकिएको स्रोत बताउँछ । ओली कार्यकालबाट सुरु भएको यो प्रकरणको गिरोह देउवा नेतृत्वको सरकारसम्म नै सक्रिय रहेको देखिएको छ ।अहिलेलाई  अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किए पनि ओलीको चलखेल बढेपछि नै अनुसन्धान सेलाउन थालेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगीमा संलग्न तीन जना गत १२ चैतमा पक्राउ परे लगत्तै उनीहरूसँग जोडिएका उच्चपदस्थहरू सतर्क हुन थालेका थिए । 

अनुसन्धानको प्रतिवेदन बनाउने तयारी हुँदै गर्दा २९ चैतमा गिरोहका सदस्यमध्येमा एक सन्देश शर्मा आफैँ प्रहरीमा उपस्थित भएर बयान दिएपछि उनलाई प्रयोग गरेर एमाले नेताहरूले नक्कली अडियो समेत बनाउन थालेको बताइएको छ । उनले बनाएको भनिएको एक अडियो आइतबार एमाले नेता महेश बस्नेतकै फेसबुकमा राखिएको थियो ।

ठगीमा मात्र मुद्दा चलाउन तयार रहेको प्रहरी अहिले संगठित अपराधमा लगेर ६० दिनसम्मको समय थप्ने तयारी गरिरहेको छ । यसले पनि संगठित अपराध कसुरमा जोडिएपछि यो मुद्दाले नयाँ मोड लिने देखिएको छ ।

ओलीलाई विस्थापित गर्दै देउवा सरकार बनेपछि २९ असार २०७८ मा गृहमन्त्री भएका खाँण पनि यस प्रकरणमा जोडिएका छन् । त्यति मात्र होइन, भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका नाममा गठित कार्यदलको प्रतिवेदनसमेत शंकाको घेरामा परिसकेको छ । ओली नेतृत्वको सरकारका पाला २०७६ असार २९ मा पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठेपछि गृह मन्त्रालयमै थन्किएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

9 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

9 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

9 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

9 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh