नवराजपुर । सिरहाकाे नवराजपुर गाउँपालिका अध्यक्ष शिवाउदगार यादव उर्फ शिवाले सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु अनुचित भएकाे बताएका छन्।

जनप्रभाव साप्ताहिक पत्रीका संग कुराकानी गर्दै अध्यक्ष यादवले आफ्नाे पालिकामा आएकाे अनुदान संघ र प्रदेश सरकारले ७० प्रतिशत कटाैती गरेकाे बताएका हुन्।
‘संघीय सरकारले ५० र प्रदेश सरकारले २० प्रतिशत गरी ७० प्रतिशत अनुदान कटाैती गरिएकाे छ’, कुराकानीका क्रममा अध्यक्ष यादवले भने, ‘याे त अनुचित भयाे।’
अनुदान कटाैती गर्दा किसानहरूलाई मार्का पर्ने बताउँदै यादवले भने, ‘यसले कृषि उत्पादनमा पनि ह्रास आउँछ।’ यसरी अनुदान कटाैती गर्दा विकास निर्माण पनि प्रभावित हुने उनकाे तर्क थियाे।
शिक्षा, स्वास्थय, विकास निर्माण र कृषि क्षेत्रलगायत नवराजपुरकाे समग्र विकासका लागि आफू प्रतिबद्व रहेकाे अध्यक्ष यादवकाे भनाई थियाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !