Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लक्ष्मिपुर पतारी गाउँपालिका भ्रष्टचार काण्ड : विशेष अदालतलाई प्रभावमा पारेर उम्कन चलखेल


लक्ष्मिपुर पतारी गाउँपालिका भ्रष्टचार काण्ड : विशेष अदालतलाई प्रभावमा पारेर उम्कन चलखेल

लहान । सिरहाकाे लक्ष्मिपुर पतारी गाउँपालिकामा भ्रष्टचार भएकाे निष्कर्ष सहित अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले गाउँपालिका प्रमुख रामबल्लभ साह सहित २४ जना बिरूद्व बिगाे असुलउपर र कैद सजाय माग गर्दै गएकाे बैशाख ७ गते विशेष अदालतमा आराेप पत्र दायर गरेपछि मधेश प्रदेश तरगिंत बनेकाे छ ।

स्थानिय तहमा हुने आर्थिक अनियमिता र बेथिति विरूद्व उजुरी दर्ता गर्दागर्दा थाकेका मधेश प्रदेशका सचेत नागरीक अख्तियारकाे लक्ष्मिपुर पतारी गाउँपालिका विरूद्वकाे एक्सनले केही अाशावादी बनेकाछन् । किनकी लामाे माैनताबाट ब्यूँझिएर अख्तियारले मधेश प्रदेशका स्थानिय तहहरूमा भईरहेका अनियमितता र भ्रष्टचार बिरूद्वकाे उजुरीहरू उपरकाे कार्वाहीमा चासाे देखाएकाे छ ।

मधेश प्रदेशका स्थानिय तहमा भ्रष्टचार यति माैलाएकाे छ कि गत आर्थिक बर्ष स्थानिय तह सम्बन्धि अख्तियारमा परेकाे कुल ३३.१ प्रतिशत उजुरी मध्ये २४.२५ उजुरी त मधेश प्रदेशका ८ जिल्लाबाट परेकाे अख्तियारकै तथ्याकंमा उल्लेख छ ।


लक्ष्मिपुर पतारीमा हुन्थ्याे खुल्लामखुल्ला भ्रष्टचार
दक्षिण भेगकाे देहातमा पर्ने लक्ष्मिपुर पतारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीकाे मिलाेमताेमा खुल्लाम खुल्ला अनियमितता श्रृङ्खलावद्व रूपमा हुँदै अाएकाे जनगुनासाे थियाे । पौराणिक पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिहं देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाबाट रकमान्तर गरि अनियमितताको श्रृखंला सुरु भएकाे थियाे यस गाउँपालिकामा ।


पतारी पोखरी र राजा हरिसिहं देव मन्दिर निर्माण र जिर्णोदरका नाममा यस गाउँपालिकाले प्रत्येक आर्थिक बर्ष करोड बढि रकम विनियोजन गर्दै आए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्ने कार्यमात्रै भएको छ ।


तर स्थानियहरुले गाउँपालिका प्रमुख रामबल्लभ साह , तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महत , वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोद्वार उपभोक्ता समितीमा बसेका वडाध्यक्षका भाई अनरुद् कुमार मण्डलको मिलोमतोमा अनियमितता भएको सप्रमाण अख्तियारकाे बर्दिबास कार्यालयमा उजुरी गरे । तर, अख्तियारले यस बिषयमा माैनता साँध्याे ।
त्यस्तै यस गाउँपालिकामा कृतिम उपभोक्ता समिती खडा गरेर करोडौँ रुपैयाँ अनियमितता भएकोबारे पनि अख्तियारमा सप्रमाण उजुरी दिए स्थानियले ।


सडक निर्माण , सडक मर्मत , जिर्णोद्वार , ढल निर्माण , सडक ग्राभेल , पुल निर्माण , खानेपानी , उर्जा जडान , सरसफाई लगायत बिभिन्न कार्य गर्न भन्दै कृतिम रुपमा खडा गरिएको उपभोक्ता समिती मार्फत पटक पटक १ लाख देखी २९ लाख रुपैयाँ सम्म निकासा गरेको प्रमाण यहाँका सचेत नागरिकले जुटाएका थिए , यस उजुरीमा पनि अख्तियार माैन रह्याे ।


गाउँपालिकाका वडाध्यक्षहरु र सचिवहरुबिच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी नै चल्ने गरेको खुलासा भयाे ।लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा १ लाख ५० हजार रुपैयाँ निकासा लिएको प्रमाण पनि बाहिरियाे । यस बिषयमा पनि अख्तियारमा उजुरी दर्ता गरेका थिए स्थानियले ।


वडासचिहरूकाे मनाेमानि


लक्ष्मिपुर पतारी गाउँपालिकाका वडा सचिवहरूबिच अाफ्नै नाममा रकम निकासा गर्ने हाेडबाजिनै चलेकाे थियाे ।
आफ्नो नाममा सम्झौता बनाएर निकासा लिने वडासचिवहरुमध्ये अग्रपंक्तिमा वडा नं. ६ का तत्कालिन वडासचिव फेकु यादवको नाम आउँछ । सचिव फेकु यादवले धेरैचोटी १ लाख रुपैयाँ देखी १ लाख ५० हजार रुपैयाँ सम्म आफ्नो नाममा निकासा लिदै अाएका थिए ।


सितापुर बजारको माछामासु हटिया स्थान्तरणको नाममा वडासचिव यादवले ९६ हजार ९ सय ९९ रुपैयाँ निकासा लिएको देखिन्छ ।
मुखिया टोलको पूर्व सडक मर्मत तथा ह्यूम्पाईप हाल्ने कामका लागि सचिव यादवले ८३ हजार ३ सय ६८ रुपैयाँ र वडा कार्यालय कम्पाउण्डमा स्टोर निर्माण शिर्षकमा ७३ हजार ८ सय ६० रुपैयाँ ४३ पैसा निकासा लिएको देखिन्छ भने भैपरी आयोजना शिर्षकमा पनि ९७ हजार रुपैयाँ आफ्नो नाममा निकासा गरेको भेटिएको छ , वडासचिव फेकु यादवले । सचिव यादवसँगकाे सबै कार्यादेस र सम्झाैताहरूमा गाउँ कार्यपालिकाको तर्फबाट तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले हस्ताक्षर गरेकाछन् ।
सितापुर कै स्वास्थ्य चौकी मर्मत तथा रंगरोगन शिर्षकमा पनि वडासचिव फेकु यादवले ३ लाख ५० हजार रुपैयाँ निकासा लिएको देखिन्छ ।
वडा नं. ३ का तत्कालिन वडासचिव शकंर बहादुर बिसीले गाउँकार्यापालिकाको कार्यालयबाट आफ्नै नाममा सम्झौता गरेर १ लाख रुपैयाँ निकासा गरेको पाईएकाे छ ।
गाउँ कार्यापालिकाको लेडरप्याडमा तयार पारिएको सम्झौतापत्र र कार्यादेसमा योजनाको नाम भैपरी हुने सडक मर्मत तथा विकास कार्यक्रम उल्लेख गरिएको छ । पत्रमा फर्म एंव ब्यक्तिको नाम लेख्ने ठाउँमा वडासचिव वि.सि.को नाम उल्लेख गरिएको छ भने हस्ताक्षर पनि वडासचिव वि.सी. आफैले गरेकाछन् ।
उक्तपत्रमा गाउँ कार्यापालिकाको तर्फबाट तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतको नाम उल्लेख गरिएको छ भने हस्ताक्षर पनि उनैले गरेकाछन् ।
यसै गाउँपालिका वडा नं. १ का तत्कालिन वडासचिव घुरण यादवले पनि गाउँ कार्यापालिकाको कार्यालयसँग सम्झौता गरि आफ्नो नाममा ९२ हजार १ सय ५० रुपैयाँ निकासा लिएको पाईएको छ ।
वडासचिव घुरन यादवले पनि वडाका खेलाडीहरुको प्रशिक्षण , पोशाक तथा सामाग्री खरिद शिर्षकमा निकासा लिएका थिए । माटो र ग्राभेलको काम गर्न भन्दै वडासचिव यादवले पुनः ९७ हजार रुपैयाँ आफ्नै नाममा निकासा लिएका थिए ।यसपटकको सम्झौतापत्र र कार्यादेसमा पनि गाउँ कार्यापालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेकाछन् ।
त्यस्तै लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ५ का तत्कालिन वडासचिव हनुमान यादवको नाममा पनि गाउँ कार्यापालिकाको कार्यालयले पटकपटक बजेट निकासा गरेको पाईएको छ ।


सचिव यादवको नाममा पञ्जिकरण शिविर चलाउन १४ हजार ५ सय ५० र भैपरी हुने सडक मर्मत तथा विकास कार्यक्रम चलाउन ९७ हजार रुपैयाँ दुईपटक गरि निकासा गरिएको पाईएको छ ।


बजेट निकासाका लागि औपचारिकता पुरा गर्नका लागि खडा गरिएको दुवै सम्झौतापत्रमा गाउँ कार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेको देखिन्छ ।


मनपरी बाँडिन्छ पैसा


कर्मचारीलाई मात्रै होईन यस गाउँपालिकाले ब्यक्तिको नाममा पनि निकासा दिएको पाईएको छ । लक्ष्मिपुर पतारी १ का मनिकलाल यादवलाई गाउँ कार्यापालिकाले भैपरी हुने सडक मर्मत शिर्षकमा ९७ हजार रुपैयाँ निकासा दिएको भेटिएको थियाे ।


भैपरी आउने सडक मर्मतको नाममा मनिकलाल यादवसँग गरिएको सम्झौतापत्र र कार्यादेसमा पनि गाउँ कार्यापालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले नै हस्ताक्षर गरेको देखिन्छ ।

मधेशी दलित उभ्याएर ब्रम्हलूट

बिभिन्न उपभोक्ता समितीहरुमा मधेशी दलितहरुलाई डमिको रुपमा खडा गरेर यश गाउँपालिकामा लाखौँ रुपैयाँ अनियमितता गरिएकाे तथ्य कतै छिपेकाे थिएन , घाम जतिकै छर्लङ् थियाे । यसका लिखित प्रमाणहरू अख्तियारले प्रशस्त फेला पारेकाे स्राेतकाे दावि छ ।
गाउँपालिकाले बिभिन्न बिकास निर्माणका लागि गठित उपभोक्ता समितीहरुमा पदाधिकारीका रुपमा सदा , पासवान खत्वे , तत्मा थरका दलितहरुलाई डमिको रुपमा खडा गरेर झण्डै १ करोड रुपैयाँ अनियमितता गरेकाे लिखत प्रमाण पनि छ ।


ऐन- कानुन मान्दैनथिए , मनपरी गर्थे

गाउँपालिका प्रमुख साहले प्रमुख प्रशासकियहरूकाे अाडभराेसामा नियमकानुन मिचेर धेरै काम गरे । जस्ताे
आर्थिक बर्ष ०७४ । ०७५ मा यस गाउँपालिकाको वडा नम्बर ६ मा भएका सम्पूर्ण बिकास निर्माण , गोष्ठि , प्रशिक्षण , तालिम लगायत बिभिन्न योजनाहरु आफ्नो सहोदर भतिज राजेश कुमार साहलाई गैरकानुनी ढंगले सम्झौता गरेरै दिएका थिए , जुन नियम बिपरित थियाे ।


राजेश कुमार साह तिनै ब्यक्ति हुन् जसले बिभिन्न उपभोक्ता समितीमा अनियमितता गरेको पैसाले पतारीमा पक्कि घर ठड्याएका छन् ।


एक आर्थिक बर्षभरीको सबै काम एउटै ब्यक्तिलाई सम्झौता गरेरै दिनु त झन ठाडै कानुनी राज्यको उपहास गर्नु हो ।

गणतान्त्रिक ” नवसामन्त “

कमिसनकाे प्रलाेभन र अाफ्ना नरनाताहरूलाई सम्पन्न बनाउनु पर्ने मृगतृषणाले लक्ष्मिपुर पतारी गाउँपालिका तत्कालिन प्रमुख रामबल्लभ साह अाफ्ना पालाका प्रमुख प्रशासकिय अधिकृतहरूकाे ईशारामा नाचिरहे । प्रमुख साहकाे नाचमा वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले साथ दिईरहे ।


कार्यापालिकामा बहुमत जुटाउन सफल प्रमुख साहले प्रतिपक्ष कार्यापालिका सदस्यहरूलाई कर्णरमा पारिरहे । कतिसम्म भने उपप्रमुख सहित बहुमत सदस्यले कार्यापालिकाकाे बैठक पटकपटक माग गर्दा समेत बेवास्ता गरे – बैठक अावहान गरेनन् । भनिन्छ , प्रमुख साह र ३ नं. का वडाध्यक्ष मण्डलले प्रमुख प्रशासकिय अधिकृतकाे ईशारामा कार्यापालिका बैठक डाक्दैन थिए ।

लेनदेनमा नमिल्दा जे पनि गर्थे

तत्कालिन गाउँपालिका प्रमुख साह लेनदेनमा कुरा नमिल्दा लिखित रुपमै निर्माण कार्य रोकिदिने गर्थे ।, एउटा दृष्टान्त यस्ताे छ :-


कमिसनमा कुरा नमिलेपछि उनले वडा नम्बर ५ मा कृषी सडक ( हजारी थाना ) निर्माणको काम रोक्न लिखित रुपमै निर्देशन दिएको भेटिएको छ ।


एक कल टेलिफोनमा हुने कामलाई उनले यति ठुलो पहाड बनाएर निर्देशन दिएका छन् की मानौ उनि पञ्चायत ब्यवस्थाका प्रधानपञ्च हुन् । उनले गर्ने जनताहरूसँगकाे तुच्छ काेटीकाे व्यवहार प्रत्यक्ष नियालिरहँदा जाे काेही सभ्य नागरिकलाई भन्न करै लाग्छ – साह संघिय लाेकतान्त्रिक गणतन्त्रिक ब्यवस्थाका नवसामन्त हुन् ।

जसले गणतन्त्रकाे जामा पहिरिएर जनतामाथी सामन्तवाद लादिरहेका छन् ।स्थानिय सरकारले पाएको स्वयतताको दुरुपयोग गरिरहेको एउटा अर्को प्रमाण यो पनि हो : ५ नम्बर वडा कार्यालय खुरुक्याहीलाई दिएको काम राेक्ने आदेशको बोधार्थ ईलाका प्रहरी कार्यालय , महेशपुर पतारीलाई समेत दिएर उक्त निर्माण कार्यमा संलग्नहरुलाई पुलिस लगाएर पक्राउने धम्कि पनि दिन्थे । गाउँपालिकालाई दुहुना गाई बनाईरहेकाहरूकाे उनलाई दर्हाे साथ थियाे ।

अनियमितता गर्दै , पक्कि घर ठड्याँदै

सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाको बिकास निर्माणका लागि गठन हुने उपभोक्ता समितीमा बसेर गरेको अनियमितताले पतारी बजारमा पक्कि घर ठड्याउने होडबाजी चल्याे । ति पक्कि घरहरुमा अहिले तल्ला थप्ने प्रतिश्पर्धा चलिरहेकाे छ ।


धेरै उपभोक्ता समितीमा बसेका राजेस कुमार साह र पप्पु साहले पतारी बजारम पक्कि घर ठड्याएका छन् । पतारीबजारस्थित राजा हरिसिहं देवको मन्दिरको पूर्व दिशामा राजेशको घर छ । एकतले उनको घरमा अहिले तल्ला थप्ने र बिस्तार गर्ने काम भईरहेको छ ।
राजेसले उक्त घरमा किरानाको होलशेल खोलेकाछन् । राजेसको घरभन्दा करिब ३० मिटर पश्चिम दक्षिणमा रहेको पप्पुको दुईतले घरमा भने एनसिसि बैंक छ ।


गाउँपालिकाको बिकास बजेटमा ब्यापक अनियमितता गरेको आरोप लागेका लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा १ सय मिटर दक्षिणमा दुईतले पक्कि घर बनाएको भेटिएको छ भने वडाध्यक्ष मण्डलका भाई अनिरुद्ले पनि पक्कि घर बनाएका छन् । भनिन्छ – स्थानियकाे उजुरीकाे अाधारमा सम्पती शुद्विकरणले यी घरहरूकाे बिषयमा अनुसन्धान थालेकाे छ ।

अख्तियारद्वारा अाराेप पत्र दर्ता

ढिलै भएपनि लक्ष्मिपुर पतारी गाउँपालिकाे भ्रष्टचार विरूद्व अख्तियारले कार्वाही अघि बढाएकाे छ । गाउँ पालिकाका तत्कालिन प्रमुख साह , तत्कालिन प्रशासकिय अधिकृतहरुसहित २४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार कसुरमा संलग्न रहेको भन्दै विशेष अदालतमा यथेष्ट सबुत प्रमाण सहित गएकाे ७ गते आरोपपत्र दायर गरेको छ।

अख्तियारले जारी गरेकाे विज्ञप्तिमा उक्त गाउँपालिका पूर्व उपप्रमुख आशा देवी यादव, तत्कालिन प्रशाकिय प्रमुखहरु रविन्द्र कुमार महत, धनिकलाल यादव र सुजित यादव विरूद्व अख्तियारले अाराेप पत्र दायर गरेकाे छ ।

प्रेस विज्ञप्तीमा लक्ष्मीपुर पतारी गाउँपालिका ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको उल्लेख गरेको छ।

निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र छाडेको र भएको कामसमेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। आ.व.२०७६/०७७ बाट सोही कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि भौतिक संरचना वेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा समेत भुक्तानी गर्न नमिल्ने पाँच लाख २८ हजार ४४० रुपैयाँ भुक्तानी दिएको उल्लेख गरेको छ।

सोही स्थानमा आ.व. २०७६/०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विद्यानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साबिक मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएको थिया। आ.व. २०७५/०७६ मा आंशिकरुपमा निर्माण भएको कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिएको विज्ञप्तीमा उल्लखे गरेको छ।

अघिल्लो आ.व. २०७५/०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको वडा नम्वर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न गरेको थियो। दुवै योजनाहरु सम्पन्न भएपनि न्यूनगुणस्तरको देखिँदा पनि उक्त कलभर्ट निर्माण कार्यमा कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि भएको जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

त्यस्तै आयोगले तत्कालिन लेखापाल इन्द्र कुमार कर्ण, वडा नम्वर ४ का पूर्व वडा अध्यक्ष विद्यानन्द्य साह र सचिव रामनारायण मण्डल विरुद्ध पनि विशेष अदालतमा मुदा दायर गरेको छ।त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र कन्सलेन्टेसीका प्रोपराईटर इन्जिनियर इन्द्र नारायण साह,वडा नम्वर ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल, तत्कालिन लेखापाल नरेश कामत , इन्जिनियर अमन पोखरेल , उपभोक्ता समितिका अध्यक्ष उतिमलाल मण्डल, काेषाध्यक्ष गिता कुमारी मण्डल , सचिव प्रमेश्वार मण्डल र इन्जिनियर तारा कान्त साहविरुद्ध आरोप पत्र दर्ता भएको छ। त्यसैगरी योजना साखा प्रमुख चन्देश्वर प्रसाद यादव , वडा नं. ४ का तत्कालिन वडाध्यक्ष विध्यानन्द साह सुडी , यसै वडाका तत्कालिन वडा सचिव रामनारायण मण्डल , गाउँपालिका स्तरिय याेजना अनुगमन समितीका विष्णुदेव साह , अमृतादेवि दास र सत्यनारायण साह विरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ।


तर अाराेपीहरू यतिबेला विशेष अदालतलाई प्रभावमा पारेर चाेखिने प्रयत्नमा लागेकाछन् । एमालेबाट राजनीति सुरू गरेर जसपाबाट गाउँपालिका प्रमुख बनेका र पुन: एमालेमा फर्किएका रामबल्लभ अदालतलाई प्रभाबमा पार्न सांसद , पूर्वमन्त्रि तथा एमाले नेता लिला श्रेष्ठकाेमा धाईरहेकाे बताईन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh