धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा म्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको मृत्यु भएको छ ।बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए।

मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए ।बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।

















