Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन बारम्बार काठमाण्डौं आईरहन्छन् भाजपाका नेता चौथाइवाले ?


किन बारम्बार काठमाण्डौं आईरहन्छन् भाजपाका नेता चौथाइवाले ?

काठमाडौं । सुदुरपश्चिम नेपालमा एउटा सम्मेलनमा भाग लिन आएका भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवाले काठमाण्डूमा उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेर नयाँ दिल्ली फर्किएका छन्।

मनसखण्ड सम्मेलनमा विशेष अतिथिका रूपमा भाग लिन आएका चौथाइवाले त्यहाँबाट काठमाण्डू आएका थिए। उनले आफूले नेपालका प्रधानमन्त्रीसहित सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएका छन्।

सबै नेपाली नेताहरूले बलियो नेपाल–भारत सम्बन्ध र सघन पार्टीगत अन्तरक्रियामा जोड दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

को कोसँग भेटे, के भने?


काठमाण्डूमा भएका आफ्ना भेटवार्ताबारे ट्विटरमा चौथाइवालेले प्रसन्नता जनाएका छन्। उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई चुनावपछि सत्ता सम्हालेकोमा बधाई दिएको उल्लेख गरेका छन्।

प्रमुख विपक्षी नेता केपी ओलीसँगको भेटका बारेमा उनले लेखेका छन्, ‘उहाँले मलाई नेपालको राजनीति र अन्य अरू धेरै सम्बन्धित विषयहरूमा रोचक कुरा सुनाउनुभयो।’ चौथाइवालेसँगको छलफलमा गेरुवा रङ्गको कमिज लगाएका ओलीसँगै एमाले नेता विष्णु रिमाल तस्बिरमा देखिन्छन्। रिमाल उक्त भेटबारे खुल्न चाहेनन्।

पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रप्रमुख निर्वाचित भएकोमा बधाई दिने उनको योजना रहे पनि पौडेल अचानक अस्वस्थ्य भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।

प्रधानमन्त्री प्रचण्ड आगामी वैशाखको अन्त्यसम्ममा भारत भ्रमणको तयारीमा रहेका भन्ने विवरणमाझ भारतीय सत्ताधारी दलका विदेश विभागका प्रमुखले राजनीतिक अन्तरक्रियाहरू गरेका हुन्।

यसअघि एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चुनावअघिको गठबन्धन भत्किएको सहितका विषयमा नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा भाग लिन केही समय पहिले आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले चासो राखेका थिए।

चुनाव लगत्तै बनेको गठबन्धन भत्किएर अहिले बनेको कांग्रेस माओवादी समीकरणलाई नयाँ दिल्ली समेतले आफ्ना लागि सहज मानेको कतिपय विश्लेषकहरूले बताइरहेका छन्।

नेपाली नेताहरूसँगको अन्तरक्रियालाई कसरी लिने


नौ वर्ष देखी भारतको सत्ता नेतृत्व गरिरहेको भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख रहेका चौथाइवाले पछिल्लो समयमा बारम्बार काठमाण्डू आउने नेतामा पर्छन्। नेपाल र भारतका दलका नेताहरूबीच व्यक्तिगत तहमा सम्बन्ध र भेटघाट नौलो मानिदैँन।

भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूको साथ रहेको थियो भने सन् १९५१ यताका नेपालका राजनीतिक परिवर्तनहरूमा कुनै न कुनै हिसाबले दिल्लीको गहिरो चासो प्रकट हुने गरेको छ।

नेपालमा गणतन्त्र स्थापनाका लागि प्रस्थानविन्दु बनेको तत्कालीन सात दल र माओवादी विद्रोहीहरूबीचको १२ बुँदे समझदारीको मध्यस्तता गरेको जस नयाँ दिल्लीले सार्वजनिक रूपमा नै लिएको थियो।

नेपाल भारत सम्बन्धबारे दख्खल राख्ने देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे नेपाल र भारतका दलका नेताहरूबीच अन्तरक्रिया हुनु अस्वाभाविक नभए पनि विदेश मामिलाको छलफल निजी नहुने बताउँछन्।

उनले भने, ‘विदेशी कूटनीतिज्ञ वा पाहुनाहरूसँग विदेश मामिलामा स्पष्टता साथ कुरा गर्नुपर्छ। त्यसमा राज्यको नीति र मुलुकको सम्मान प्रतिविम्वित हुनुपर्छ। उनीहरूसँग उठाउने अजेन्डामा राज्यको ब्रिफ्रिङ पनि आवश्यक पर्छ।’

भाजपाले नेपालका राजनीतिक शक्तिहरूसँग गरिरहेको सम्बन्ध विस्तारमा कैयौँ सैद्धान्तिक प्रश्नहरू अनुत्तरित रहेको घिमिरे बताउँछन्। उनले भने, ‘जस्तो चीनको कम्युनिस्ट पार्टीले आफूसँग अन्तरक्रिया गर्दा नेपालका कम्युनिस्ट दलहरू हाम्रो जात मिल्छ भन्ने ठान्छन्। सत्तामा हुँदा बिजेपी भारतको सत्ताधारी दल र नेपाली कांग्रेस नेपालको सत्ताधारी दल भन्ने हिसाब गर्छन्। तर यो टिकाउ हुँदैन किनभने उनीहरूले सिद्धान्त के हो र त्यसमा कति समानता छ भनेर हेरैकै छैनन्।’

अघिल्लो पटक भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेताहरूलाई नभेटेको प्रसङ्ग उल्लेख गर्दै सम्पादक घिमिरेले ‘अरूद्वारा निर्देशित भेटघाट र कूटनीतिक सम्बन्ध’ नेपालका लागि असहज हुने बताए।

नेपाल भारत सम्बन्धमा कुन निकायले डो-याउँछ?


पत्रकार घिमिरेका विचारमा भाजपाको विदेश मामिला हेर्ने इन्चार्जका रूपमा चौथाइवालेको प्रधानमन्त्री मोदीसँग ‘व्यक्तिगत सम्बन्ध’ राम्रो छ। उनी मोदीकै गृहराज्य गुजरातका हुन्। प्रधानमन्त्री मोदी र अर्का शक्तिशाली मानिने नेता तथा गृहमन्त्री अमित शाहका विश्वासपात्र मानिन्छन्।

मोदीको अमेरिका भ्रमणमा निकै चर्चित बनेको ‘हाउडी मोदी’ कार्यक्रमको श्रेय पनि चौथाइवालेलाई दिइन्छ। भारतमा साउथ ब्लक पनि भनिने विदेशमन्त्रालयले देशको विदेश नीति सञ्चालन गर्छ। तर देशका राजनीतिक तथा सुरक्षा निकायले पनि कतिपय महत्वपूर्ण नीतिहरूको निर्धारणमा प्रमुख भूमिका खेल्छन्।

पत्रकार घिमिरे भन्छन्, ‘नेपाल अथवा छिमेकको विदेश नीतिबारे पछिल्लो समयमा मैले बुझेअनुसार विदेशमन्त्रीको भूमिका बढी आलङ्कारिक बनेको छ। वास्तविक रूपमा हेर्ने काम चाहिँ राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयबाट हुन्छ भन्ने म बुझ्छु।’

नक्सा विवादका कारण नेपाल भारत सम्बन्धमा कटुता उत्पन्नहुँदा भारतले आफ्ना जासुसी निकायका प्रमुखलाई काठमाण्डूमा पठाएको थियो। त्यसपछि नेपाल भारतको अन्तरक्रिया विस्तारै स्वाभाविक लयमा फर्किएको थियो।

भारतको गुप्तचर निकायका प्रमुख फर्किएपछि ओलीले सरकारको नेतृत्व गरिरहेको बेला चौथाइवालेले गरेको नेपाल भ्रमण विवादित बन्न पुगेको थियो। दुई वर्षअघिको उक्त भ्रमण नेकपाका तत्कालीन महासचिव विष्णु पौडेलको निम्तोमा भएको उनले बताएका थिए।

अन्य दलका नेतासमेत भेटेका उनले त्यसबेला प्रचण्ड र माधवकुमार नेपाललाई भेटेका थिएनन्। तर भ्रमणबारे तत्कालीन नेकपाकै विदेश विभाग समेत अनविज्ञ भएको उक्त दलका नेताहरूले त्यस बेला बताएका थिए।

पत्रकार घिमिरे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले सोझै आएर नेपालमा राजनीतिक भेटवार्ताहरू गर्नु सहज नदेखिने हुनाले राजनीतिक अनुहारहरू पठाइने तर यस्ता भेटवार्ताहरूको गहिरो अर्थ हुने बताउँछन्।

पछिल्ला महिनाहरूमा भाजपाले विभिन्न देशका दलहरूसँग अन्तरक्रिया बढाएको छ। उसले ‘नो द बिजेपी’ नामक कार्यक्रम गर्दै आएको छ जसअन्तर्गत विभिन्न देशका नेताहरू र कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर अन्तरक्रिया गरिएको द हिन्दु अखबारमा प्रकाशित एउटा समाचारमा जनाइएको छ।

अघिल्लो वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यस्तै कार्यक्रममा भाग लिएका थिए। नेताहरू तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगका अन्तरक्रियामा भाजपाको स्थापना यताको इतिहासको चर्चा गरिने र मोदी सरकारको उपलब्धि सुनाइने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

त्यसबाहेक दुई देशबीचका जनस्तरको सम्बन्ध र पार्टीगत अन्तरक्रियाबारे छलफल हुने गरेका बताइन्छ। 

नेपालको सत्तासँग निकट सम्बन्ध


चौथाइवाले पछिल्लो समय नेपालको सत्तासँग निकट सम्बन्ध बनाउने नेतामा पर्छन्। उनी विशेष अतिथि भएर धनगढी आएको कार्यक्रमको प्रमुख अतिथि नेपालकी पूर्व प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ आरजु देउवा थिइन्।

आरजुले चौथाइवालेलाई राखी बाँधिदिएका तस्बिर देउवा प्रधानमन्त्री रहेका बेला सार्वजनिक भएका थिए। सुदुरपश्चिम प्रदेश सरकारको सहयोग र सुदुरपश्चिम विश्वविद्यालयको मूख्य आयोजनामा भएको सम्मेलन गर्न सघाउनेमा विश्व हिन्दु महासङ्घकी उपाध्यक्ष समेत रहेकी ज्योत्सना साउद पनि थिइन्। ज्योत्सना भर्खरै परराष्ट्र मन्त्रीमा नियुक्त कांग्रेस नेता एनपी साउदकी पत्नी हुन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले उक्त सम्मेलनले नेपाल भारत सम्बन्धलाई आध्यात्मिक र सांस्कृतिक रूपमा बलियो पार्ने र धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने बताएकी छन्।

कार्यक्रम व्यवस्थापनको संयोजक रहेका सन्दिप रानाले चौथाइवालेको भेटवार्ताहरू अलग्गै रहेको र धनगढीको कार्यक्रमले सांस्कृतिक र धार्मिक पर्यटन आदानप्रदान अभिवृद्धि गर्ने लक्ष्य राखेको बताए।

उनले भने, ‘सुदुरपश्चिमदेखि कुमाऊँसम्मको खण्ड पौराणिक कालदेखि नै मानसखण्डको रूपमा चिनिएको छ। त्यो सम्मेलनमा सुदुरपश्चिम र उत्तराखण्डको संस्कृति एंव देवी देवता साझा रहेको र नामहरूमा सगोत्रीजस्तो रहेको भन्नेबारे चर्चाहरू भयो।’

उनले उत्तराखण्ड सरकारले कुमाऊँलाई मानसखण्ड करिडरका रूपमा विकास गरेको भन्दै त्यसलाई नेपालमा जोडेर पर्यटन विस्तार गर्ने व्यापक सम्भावना रहेको बताए। यस्तो प्रयासलाई कतिपयले ‘नरम कूटनीति’ भन्ने गरेका छन्।

तर नेपालकै सुदुरपश्चिम क्षेत्र र त्यसमा पनि महाकाली नदी आसपास नेपाल र भारतबीच सीमा विवादसहितका पेचिला समस्याहरू सम्बोधन हुन बाँकी नै छन्।बिबिसी नेपालीबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh