Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्यो – खस्किएको आर्थिक क्षेत्र सुधार्ने मूल मुद्दा

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्यो – खस्किएको आर्थिक क्षेत्र सुधार्ने मूल मुद्दा

काठमाडौं । चैत्र २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको स्वत: अध्यक्ष हुने व्यवस्था रहेकोले समूह खडा गरेर ३ समूहले उम्मेदवारी दर्ता गराएका हुन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठले दाबी प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएका छन्। संघाई समूहले १८ गते उम्मेदवारी दर्ता गराएका थिए भने श्रेष्ठद्वयको समूहले मंगलबार उम्मेदवारी दर्ता गराएको छ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको तीनै समूहले मूल मुद्दा भने मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बनाएका छन्। अर्थतन्त्रमा देखिएको समस्याले उद्योग धराशायी भएको, बेरोजगारी बढेको र सम्भावित परिदृश्य निराशाजनक बन्दै गएकोले महासंघको आसन्न नेतृत्वले राज्यलाई यो समस्याबाट उकास्नलाई महत्वपूर्ण भूमिका निभाउन घचघच्याउने उम्मेदवारहरुले दाबी गरेका छन्।

अर्थतन्त्र डुब्न लागेको टाइटानिक जस्तो छः उमेशलाल श्रेष्ठ
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले देशको अर्थतन्त्र डुब्न लागेको टाइटानिक जहाज जस्तै रहेकोले त्यसलाई उकास्न आफू कप्तान भएर उत्रिने उद्घोष गरेका छन्। आफ्नो समूहको उम्मेदवारी दर्ता गर्न पुगेका श्रेष्ठले उक्त दाबी गरेका हुन्।

‘देश अस्थिर छ। आर्थिकरुपमा हामी खस्किएका छौं। हामी केही क्षणमा डुब्न लागेको टाइटानिक जहाज जस्तो अवस्थामा छौं। त्यो जहाजलाई कप्तानी दिन्छु भनेर यहाँ आएको छु। मेरो अठोट छ, मेरो प्रण छ, म बिना स्वार्थ तरिकाले तपाईंको भविष्यको लागि लड्दै छु। देशको डरलाग्दो आर्थिक अवस्था छ, त्यसलाई सुधार गर्नेमा मेरो प्रयास रहने छ,’ श्रेष्ठले भने, ‘प्रयास किन भन्छु भने हामी लबिइङ संस्था हो, कार्यकारी संस्था होइन।’

श्रेष्ठको समूहबाट एसोसियट तर्फको उपाध्यक्षमा भरत राज आचार्य, वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। आचार्य भने वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी अञ्जन श्रेष्ठको समूहका पनि एसोसियट उपाध्यक्षका प्रत्यक्षी हुन्। आचार्य दुवै समूहका साझा उम्मेदवार हुन्।
अर्थतन्त्रलाई गतिशिल बनाउन सरकारको सोच र सरकार र नीजि क्षेत्रको हातेमालोको जरुरी देखिन्छः संघाई
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी रामचन्द्र संघाई भने अर्थतन्मा देखिएको समस्या समाधान गर्न सरकारले निजी क्षेत्रमैत्री सोच राख्नुपर्ने बताउँछन्। त्यस्तै, निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढे अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने संघाईले दाबी गरे।

‘यतिखेर मुलुकको अर्थतन्त्र चलयमान बन्न नसकेको र सुस्ताएको अवस्था छ। अर्थतन्त्रको समग्र सूचकहरु पनि राम्रो देखिँदैन। लगानीका लागि पुँजीको अभाव छ। व्यवसायीमा उत्साह देखिँदैन। कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ, त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन। विस्तारै सुधार हुँदै जान्छ। हाम्रो अवस्था पनि त्यस्तै छ विस्तारै सुध्रिँदै गएको छ,’ संघाईले भने, ‘अर्थतन्त्र चौपट्टै हुन लाग्यो, गरि खान दिएन, लगानीको अवसरै भएन जस्ता नकारात्मक कुरामा अल्झिनुभन्दा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सकारात्मक सोचका साथै सरकार र नीजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छ।’

संघाई महासंघको वर्तमान समितिका एसोसियट उपाध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका संघाईको समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसियट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन्। यस्तै, संघाई समूह आफ्नो समूहले उद्योग व्यावसायको सर्वाङ्गिण विकासका लागि उम्मेदवारी दिएको बताउँछ। ‘हाम्रो मुख्य नारा संगठनात्मक सुधार र समन्व्य, कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका विषयहरु रहेका छन्,’ संघाई समूहले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ।

समस्या ग्रस्त अर्थतन्त्रमा हाम्रो उम्मेदवारी त्यसको उत्थानका लागि होः अन्जन श्रेष्ठ

यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठ समस्या ग्रस्त अर्थतन्त्रलाई उत्थान गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्।

‘अर्थतन्त्र एकदमै समस्या ग्रस्त छ। बजार सुनसान छ। रोजगारी कटौती भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘उल्लेखित समस्या समाधानका लागि हामी हाम्रो साधराणसभा लगत्तै लाग्ने छौं।’

यस्तै, जनसंख्याको पछिल्लो तथ्यांकहरु निराशाजनक रहेकोले त्यसलाई सम्बोधन गर्न आफ्नो समूह निर्वाचित भएको अर्को दिनबाट लाग्ने श्रेष्ठको दाबी छ।

‘पछिल्लो जनसंख्यको विवरण अनुसार करिब २९ प्रतिशत जानसंख्या निष्कृय रहेको उल्लेख छ। यसले के देखाउँछ भने हाम्रो उद्योग युवा मैत्री छैन। त्यसमाथि पछिल्लो तथ्यांक अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा ८० प्रतिशत योगदान रहेको छ। यस्तो अवस्थामा अब आउने नेतृत्वको थप चुनौती र जिम्मेवारी ज्यादा छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैलाई मध्यनजर गरेर हामी युवाहरुको टिम बनाएर निर्वाचनमा होमिएका छौं।’
यो समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एशोसियट तर्फको उपाध्यक्षमा भरतराज आचार्यको उम्मेदवारी रहेको छ।

आचार्य उमेशलाल श्रेष्ठको समूहको पनि उपाध्यक्ष रहेका छन्। महासंघको निर्वाचन समितिले मनोनयन गरेका समितिको नामावली मंगलबार साँझ सार्वजनिक गर्ने कार्यतालिका छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

14 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

14 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा
जनप्रभाबन्युज विशेष

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन
जनप्रभाबन्युज विशेष

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ
जनप्रभाबन्युज विशेष

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

14 hours पहिले
सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

सरकारले देशलाई शिरमा राखेर काम गर्नुपर्छ : एमालेका अध्यक्ष ओली

14 hours पहिले
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख एआईजी थापा

18 hours पहिले
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता

18 hours पहिले
शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

2 days पहिले
सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

सशस्त्रका आईजीपी अर्यालको दुखेसो : रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

3 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh