Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर


नेपाल प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता हुने बताएका छन् ।

विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उनले जनप्रभावसँग भने, ‘त्यसबाहेक संगठनभित्र आन्तरिक शुद्धिकरण गर्नु मेरो मुख्य प्राथमिकता हुनेछ ।’

कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । उनले भने, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धिकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’

आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताए । ३० वर्षे सेवा अवधि कायमै रहे उनीले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन् ।

तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए ।

तीमध्ये १ नम्बर वरियतामा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

को हुन नवनियुक्त आईजिपी वसन्त वहादुर कुँवर ?

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१ मा भीम बहादुर कुँवर र आमा नमकला कुँवरको कोखबाट २०२६ चैत १५ गते उनी जन्मेका हुन् ।

उनकी श्रीमती लक्ष्मी पराजुली अध्यापन पेशामा आबद्ध छिन् । उनका २ छोरा छन् ।

आईजीपी कुँवरले २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । व्यावसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका कुँवरले अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन २०७३ मा जिल्ला प्रहरी कार्यालय चितवन रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख भएर पुलिस ब्याटन २०७३ पाएका थिए ।

उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक,दुर्गम सेवा पदकलगायतबाट विभूषित भएका छन् ।

यस्तै उनले तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार पाएका छन् ।

उनले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्स, जमीनमुनिको विष्फोटक पदार्थ तालिम गरेका छन्।

यस्तै कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूका लागि क्षमता निर्माण, आपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाइनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सीआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गरेका छन् ।

हक्की र आँटिला स्वभावका आईजीपी कुँवरले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं वृत, नवलपरासी, डोटीमा प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए।

प्रहरी उपरीक्षक (एसपी) हुँदा चितवन र नुवाकोट जिल्लाको कमाण्ड सम्हालेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि उनले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीसमेत कमाण्ड सम्हालेका थिए ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुँदा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्ड र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागसमेत सम्हालेको उनीसँग अनुभव छ ।

कार्य कुशलताका हिसाबले अब्बल प्रहरी अधिकृत आईजीपी कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशल देखाएका थिए।

राम्रो कार्यक्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको समयमा नागरिकले महसुस हुने गरी अब्बल कार्यसम्पादन क्षमताको पहिचान बनाएका छन् ।

कुवँरले संयुक्त राष्ट्रसंघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए ।

जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उनले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने

गृह मन्त्रालयबाट ८ असारमा मेरिटको पहिलो नम्बरमा डीआईजी बढुवा पाएका वसन्तबहादुर कुँवर, एआईजी बढुवा हुँदा पनि शीर्ष स्थानमा रहेकाले प्रहरी नेतृत्व पाउनेमा आशावादी थिए ।

तर, प्रहरी नियमावली, २०१२ मा ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा’ गर्ने उल्लेख छ । त्यसैले अन्य आकांक्षीले पनि दौडधुप गरेका छन् । सत्तारुढ गठबन्धनका दुई घटक माओवादी केन्द्र र कांग्रेसका नेताहरुसँग आईजीपी को हुने भन्ने चासो राखेको थियो ।

यो दौडधुपमा श्यामलाल ज्ञवाली अगाडि थिए । स्रोतका अनुसार गृह मन्त्रालयले २६ फागुनमा ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्दा समेत प्रधानमन्त्री दाहालले वरियतामा चौथो नम्बरमा रहेका ज्ञवालीबारे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग चासो राखेका थिए ।

तर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वरियता अनुसारै बढुवा गर्नुपर्ने अडान राखेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीज्यूले डीआईजी ज्ञवालीलाई अगाडि ल्याउन सकिने अवस्था छ भनेर सोध्नुभएको थियो’, यसबारे जानकार एक प्रहरी उच्च अधिकृतले भने, ‘अहिले विवाद पनि भइरहेको छ, मेरिटवाइज गर्दै ठिक हुन्छ भन्ने जवाफ आईजी सा’बको थियो । त्यसपछि प्रधानमन्त्रीज्यूले केही भन्नुभएन ।’

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृत वरियताक्रम अनुसार महानिरीक्षक नियुक्ति भए प्रणालीले काम गर्ने र संगठनले पनि गतिशीलता पाउने बताउँछन् । ‘यसले संगठनको उर्जा बढ्छ, मोरलपनि जोगिन्छ’, ती अधिकृत भनेका थिए ।

हुन त १० फागुन अघिसम्म डीआईजी अशोक सिंहलाई भावी प्रहरी महानिरीक्षकका रुपमा हेरिएको थियो । सिंहले कांग्रेस र माओवादी नेतृत्वसँग लबिइङ गरेर पहिलो नम्बरमा एआईजी बढुवा हुने माहोल बनाएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् । तर जन्ममिति विवाद सतहमा आएपछि उनले राजीनामा दिनुपर्‍यो र परिस्थिति फेरियो ।

डीआईजी बढुवामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई साथ दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

16 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

16 hours पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

6 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh