काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रीहरुलाई सचिवालयमार्फत् तत्काल सिंहदरवारमा आइपुग्न भनेका हुन् ।
शुक्रबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि नै सबै मन्त्रीलाई सिंहदरबार बोलइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘मन्त्रिपरिषद् बैठकभन्दा अगाडि नै सबै मन्त्रीलाई बोलाइएको छ, तर विषय के भन्ने जानकारी आइसकेको छैन’, स्रोतले भन्यो ।
शुक्रबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको नयाँ आईजी नियुक्त गर्ने तयारी गरेको छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्ड केही दिन यता मन्त्रिमण्डल विस्तारको दौडधूपमा छन् । उनले यसअघि १० गतेभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा हाल भारतको भ्रमणमा छन् । उनी पनि मन्त्रिपरिषद् बैठकमा उपस्थित हुने गरी आउन लागेको बुझिएको छ । आज प्रधाननमन्त्री प्रचण्डले नयाँ मन्त्रहरु नियुक्त गर्न सक्ने सम्भावना बलियो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !