काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रहरी महानिरीक्षक (आईजीपी )नियुक्तिबारे छलफल भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच नेपाल प्रहरीमा शुक्रबार बेलुकादेखि रिक्त हुने आईजीपी पदमा नियुक्तिको विषयमा वान टू वान वार्ता भएको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० गते (शुक्रवार) उनलाई बिदाइ गरिने छ । त्यसअघि सत्तासाझेदार दलहरुबीच आईजीपी पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा छलफल भएको हो
स्रोतका अनुसार कसलाई आईजीपी बनाउने भन्ने विषयमा सहमति नभए पनि श्यामलाल ज्ञवालीलाई नियुक्ती गर्नेबारे छलफल भएको वताइएको छ। ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपीको टुंगो लगाउने छ । भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका दाबेदार हुन् ।
बालुवाटार आईजीपीमा ज्ञवालीको सम्भावना बढी छ ।
एआईजी ज्ञवालीको जन्ममिति विवादबारे बिहीबार गृहसचिव विनोद प्रकाश सिंह, महान्यायाधीवक्तासहितको टोलीले गरेको छानबिनका क्रममा कुनै त्रुटि नदेखिएपछि उनलाई आईजीपी नियुक्ती गर्न छलफल भएको बताइएको छ ।
प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई सरकारले आईजीपी बनाउन सक्ने उल्लेख छ । एआईजी ज्ञवाली सक्षम प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !