Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

छिटो नेतृत्व परिवर्तन हुँदा संगठन कमजोर हुन्छ : आईजिपी धिरजप्रताप सिंह

छिटो नेतृत्व परिवर्तन हुँदा संगठन कमजोर हुन्छ : आईजिपी धिरजप्रताप सिंह

महानिरीक्षकका रूपमा एक वर्ष पनि प्रहरी संगठनको नेतृत्व गर्न पाउनुभएन, छोटो कार्यकालको अनुभव कस्तो रह्यो ? 

कार्यकाल छोटो हुँदा अवश्य नै योजना बनाएर कार्यान्वयन गर्न समय हुँदैन । तीन वर्षको योजना ल्याउनुपर्नेमा एक वर्षको मात्र ल्याएँ । सेवाअवधिको प्रावधान हटेन भने फेरि दुई वर्ष, ६ महिनामा नेतृत्व परिवर्तन हुनेछ । यसले चेन अफ कमान्डमा पनि असर गर्छ ।

आइजिपीले पूरा कार्यकाल काम गर्न नपाउँदा संगठनलाई जति गतिशीलता दिनुपर्ने हो त्यो हुँदैन । दरबन्दी थपलगायत ठूला नीतिगत काम गर्न गाह्रो हुँदो रहेछ । अहिले प्रहरीमा ५३–५४ वर्षको उमेरमै अवकाश पाउने अवस्था छ । जब प्रहरी अधिकृत अनुभव र तालिमले निपुण हुन्छ, त्यो अवस्थामा अवकाश पाउनुपर्ने हुन्छ । यो उदेकलाग्दो विभेदले नेतृत्वलाई अस्थिर र संगठनलाई कमजोर बनाएको छ । 

प्रहरी नेतृत्वमा अस्तिरताको मुख्य कारण ३० वर्षे सेवाअवधिकै प्रावधान हो ? 

अवश्य नै । सेवाहदको प्रावधान हटाउनैपर्छ । यसबाट केही व्यक्ति लाभान्वित हुनेभन्दा पनि ८० हजार लाभान्वित हुन्छन् । अहिले यो विषयमा निर्णय हुन सकेन, कसैलाई मर्का नपर्ने गरी अध्ययन गरेर यो प्रावधान हटाउनैपर्छ । 

३० वर्षे अनुभवका आधारमा प्रहरी संगठन बलियो हुँदै छ वा कमजोर, के छ तपाईंको निष्कर्ष ? 

संगठन बलियो हुन सकेको छैन, ३० वर्षे सेवाअवधिका कारण प्रहरी संगठन कमजोर नै हुँदै गएको छ । यसले गर्दा प्रहरी नेतृत्व पनि बलियो हुन सकेको छैन । नेतृत्वको अस्थिरताले चेन अफ कमान्ड बलियो हुन सक्दैन, कार्ययोजना लागू हुन सक्दैनन् । छोटो कार्यकाल छ भनेपछि उच्च मनोबलका साथ काम गर्न पनि सक्दैन । समग्र देशको शान्ति सुरक्षाकै लागि प्रहरीको अवकाशसम्बन्धी नीति फेर्नुपर्छ । 

आफ्नो ११ महिने कार्यकालको मूल्यांकन कसरी गर्नुहुन्छ ? 

कार्यकाल छोटो लामो जे भए पनि जिम्मेवारी पाउँदा के–के गर्‍यो भन्ने महत्वपूर्ण हुन्छ । ११ महिनाको कार्यकालमा दुई–दुईवटा चुनाव शान्तिपूर्वक सम्पन्न भए । १४ वर्षपछि स्ववियु चुनाव पनि हालै सम्पन्न भएको छ । यो नै ठूलो उपलब्धि हो जस्तो लाग्छ । 

दण्ड र पुरस्कारको प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरियो । प्रहरीमा कहिल्यै ठाउँ नपाएका व्यक्तिले अवसर पाए । बढुवा प्रणालीलाई पनि सिस्टममा राखियो । डिआइजी र एआइजीको बढुवामा अडान लिन सफल भएँ । एआइजी बढुवामा कतिपय नेताहरू रिसाउनु पनि भयो ।

तर, सिस्टममा वरीयताअनुसार नै गरेकाले कुनै विवाद भएन । मेरै कार्यकालमा नेपाल प्रहरीको एफपियू शान्ति मिसनमा लेभल थ्रीमा पुगिसकेको छ । यसले तल्लो तहका प्रहरीको मनोबल बढ्नेछ । एसएसपी र डिआइजीको सरुवा पनि ‘राइट म्यान राइट प्लेस’को नीतिअनुसार नै भयो ।

संगठनमा प्रहरी महानिरीक्षकको मूल्यांकनका आधार सरुवा–बढुवा उसले अंगीकार गरेको नीति र अपराध अनुसन्धानमा लिएको कठोर नीति नै हुँदो रहेछ । त्यसमा आफू सफल भएकाले कार्यकाल सन्तोषजनक नै भयो भन्छु । 

दुई सरकारसँग काम गरेँ । सरकारबाट पनि सहयोग नै भयो । अर्काे मेरो कार्यकालमा नेपाली सेना र सशस्त्र प्रहरीको महत्वपूर्ण सहयोग रह्यो । चुनावदेखि एफपियूको तयारीका लागि प्रधानसेनापतिज्यूको ठूलो सहयोग रह्यो । त्यसकारण पनि सहज भयो । 

राजनीतिकलगायत दबाब कत्तिको झेल्नुभयो ? 

सुरुका तीन महिना मुद्दा झेल्दै नेतृत्व सम्हाल्नुपर्‍यो । सर्वाेच्चले न्याय दिएपछि सहज भयो । पछिल्लो तीन महिनाबाहेक मेरो कार्यकाल चुनावमै बित्यो । विभिन्न व्यक्तिले चासो राख्नु स्वाभाविक नै हो । तर, ठूलो दबाब झेल्नुपरेन । 

आफ्नो कार्यकालमा गर्न नसकेका काम केही ? 

प्रयास हुँदाहुँदै पनि गर्न नसकेको भनेको निर्मला पन्तको हत्या घटनालाई निक्र्योलमा पुर्‍याउन सकिएन । यसमा विशेष टोली बनाएर काम गर्दागर्दै पनि सफल हुन सकिएन । मेरो कार्यकालमा भएको एउटा दुःखद घटना भनेको नयाँ बसपार्कको ल्होत्से घटना हो । अरू समग्रमा राम्रो भयो भन्ने लाग्छ । 

राजनीतिक नेतृत्वले चाहिँ प्रहरीलाई किन बलियो बनाउन चाहेन जस्तो लाग्छ ?

उहाँहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh