काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएका छन्। सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै उनले द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्ने बताए ।

‘नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ,’ उनले भने, ‘त्यसमा केही कमजोरी भएको छ। पीडितहरुले न्याय र परिपूरण पाएका छैनन्।’
उनले यसलाई अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुने बताए। ‘यो विषयमा सर्वोच्च पनि बोलिसकेको छ। त्यसैले संक्रमणकालीन न्यायकै विधिबाट यसकव समाधान गर्नुपर्छु, उनले भने, ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउनुपर्छ।’
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठिक नभएको बताए।

















