काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै उनले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताए।

बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरूसँगकाे भेटमा प्रधानमन्त्री दाहालले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताएको महोत्सव प्रमुख केपी पाठकले जानकारी दिए।
उक्त अवसरमा निफ टोलीले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तोसमेत दिएको थियो।
चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुने फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन्।
‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुने फेस्टिभल क्यूएफएक्सका काठमाडौं उपत्यकामा रहेका सिनेमा हलहरुमा आयोजना हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !