Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राष्ट्रपति निर्वाचनले ओली सर्वाधिक दबाबमा, प्रधानमन्त्री प्रचण्डको रणनीति अर्कै


राष्ट्रपति निर्वाचनले ओली सर्वाधिक दबाबमा, प्रधानमन्त्री प्रचण्डको रणनीति अर्कै

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक दबाबमा परेका छन् । कुनैपनि हालतमा आफ्नो दलको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्दै आएका ओलीले राष्ट्रपतिको उम्मेदवारी दिने दिन आउँदै गर्दा भने दबाब महशुस गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने क्रममा कांग्रेसको पनि मत पाएपछि भने राजनीतिक परिस्थिति फेरिएको छ ।

प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितको नयाँ गठबन्धन बनाउने रणनीतिमा छन् । उनले त्यसको लागि कांग्रेस नेतृत्वसँग निरन्तर सम्वाद गरेका छन् । कांग्रेसले पनि पुष १० गते सरकार गठन गर्ने बेलामा दाहाललाई प्रधानमन्त्री नदिएर गल्ती गरेको महशुस गरेको छ । अब पूरानो कुरा बिर्सिएर अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालसमक्ष प्रस्ताव राखेका छन् । सरकार गठन भएको १०० दिनपनि नपुग्दै राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको भन्दै कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहकार्यको लागि तयार भएका हुन् । तर, एमाले नेतृत्वले भने माओवादीबाट धोका हुन लागेको निश्कर्ष निकालेको छ । पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भएको उनीहरुको दाबी छ । माओवादी केन्द्रका नेताहरुले भने राष्ट्रपति एमालेलाई दिने कुनै सहमति नभएको दाबी गरेका छन् ।

राष्ट्रपति निर्वाचनले एमाले अध्यक्ष ओलीले दबाब महशुस गर्नुको कारण कांग्रेस उम्मेदवारले जिते अहिलेको गठबन्धन भत्किने र एमालेले केन्द्रदेखि प्रदेशसम्मको सरकारबाट हात झिक्नुपर्ने भय छ । ओली कुनैपनि हालतमा राष्ट्रपति आफूले अघि सार्ने व्यक्तिले जित्नुपर्नेमा छन् । माओवादीले कुनैपनि हालतमा एमालेले अघि सार्ने व्यक्तिलाई राष्ट्रपतिमा नसघाउने अडान लिएको छ ।

ओलीले कम्युनिष्ट आन्दोलन र वामपन्थीहरुबीचको सहकार्यको लागि पनि माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तयारी गरेका छन् । माधव नेपाललाई अघि सारे प्रचण्डले पनि मान्नुपर्ने बाध्यता छ । लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका माधव नेपाल एमालेसँग एकताको शर्तसहित राष्ट्रपति बन्न तयार भएको चर्चा छ । तर, यो विषयमा अहिलेसम्म दुवै दलबाट औपचारिक कुरा बाहिर आएको छैन् । यो बीचमा ओली र नेपालले गोप्य मन्थना पनि गरिसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले आइतबारको कांग्रेस नेताहरुसँगको भेटवार्तामा नै ओलीले माधव नेपाललाई अघि सार्नसक्ने आँकलन सुनाएका थिए । त्यस्तो अवस्थामा भने आफू अप्ठ्यारोमा पर्ने उनको भनाई थियो । प्रचण्ड पनि ओलीको पछिल्लो कदमबाट सशंकित बनेका छन् । माधव नेपाललाई देखाएर आफूमाथि दबाब बढाउन कतै ओलीले चाल चालेको त होईन ? भन्नेमा उनी सशंकित छन् ।

प्रचण्ड कुनैपनि हालतमा कांग्रेससँग सहकार्यको लागि अघि बढिसकेका छन् । कुनै चमात्कारिक फेरबदल नआए राष्ट्रपतिमा माओवादीले कांग्रेसले अघि सार्ने उम्मेदवारको पक्षमा मत हाल्ने सम्भावना छ । प्रचण्डलाई कांग्रेसले पाँचै वर्ष सरकारको नेतृत्वो लागि प्रस्तावसमेत गरेको छ । यस्तो अवस्थामा प्रचण्डले कांग्रेससँग राष्ट्रपतिको निर्वाचनअघि नै सत्ता साझेदारीको लागि लिखित सहमतिको अपेक्षा राखेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपाले भने राष्ट्रपतिको निर्वाचनबारे अहिलेसम्म कित्ता क्लियर गरेको छैन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh