काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालको सहकार्यमा दुई दिने आँखा शिविर सम्पन्न भएको छ ।


जनताको जिउ धनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी कर्मचारीको आँखा जस्तो संवेदनशिल कुरालाई ख्याल गरी शिविर आयोजना गरिएको कुरा श्रीमती संघकी सदस्य एवं जनसम्पर्क संयोजक अनिता ढकाल अधिकारीले बताएकी छन् ।

दुई दिनसम्म संचालन भएको निःशुल्क आँखा शिविरमा प्रहरी कर्मचारी र उनीहरुको परिवारका सदस्य तीन सय बढीले सेवा लिएका थिए । नेपाल प्रहरी श्रीमती संघको इतिहासमा आफ्नो सामाजिक दायित्व सम्झेर कर्मचारी र पब्लिकमा विविध रचनात्मक कार्य गर्ने वर्तमान अध्यक्ष कुसुमलता सिंहको नेतृत्वमा रहेको समितिले काम गरेको सर्वसाधारण बताउँछन् ।














आँखा शिविरमा सयौंको संख्यामा सर्वसाधारणले समेत सेवा लिएका थिए । शिविरमा आएका एक सेवाग्रहीले मजागी शैलीमा जिउ ज्यानको सुरक्षा उहाँहरुका श्रीमानले दिनुभएको छ भने, श्रीमतीहरुबाट संसार देख्ने दृष्टीको उपचार पाएर खुशी लागेको बताए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले यस अघि आफ्नो आँखा जाँच गराउन क्यावी लिएर जानुपर्ने बाध्यतालाई वर्तमान श्रीमती संघले ब्रेक लगाइदिएर प्रशंसनीय कार्य गरेको छ । यस अघि पैसा तिरेर पनि झन्झटिलो आँखा उपचार गराएका एक जवानले संगठनले उल्लेख्य काम गरेर आफूजस्तो तल्लो दर्जाको कर्मचारीलाई राहत दिएको बताए ।

संघकी अध्यक्ष कुसुमलता सिंहले २४ घण्टा सडकमा खट्ने प्रहरी कर्मचारीको सबैभन्दा संवेदनशिल अंग आँखा ठिक हुनुपर्ने कुरालाई दृष्टीगत गरी शिविर राखिएको बताइन् ।

शिविरमा थुप्रै श्रीमती संघका पदाधिकारी र सदस्यले मरणोप्रान्त आँखा दान गर्ने घोषणा गरेका थिए । स्मरण रहोस् कुसुमलता सिंहले नेतृत्व गरेको संघले देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, न्यानो कपडा वितरण गर्नुका साथै गोकर्णेश्वरमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

