विराटनगर । नेपाली काङ्ग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले ठुलो दल भएर पनि सरकारमा जान र सरकार बनाउन नपाउँदा चित्त दुखेको बताएका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियनको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै काङ्ग्रेसले सरकार बनाउन नसक्नुमा उनले आफ्नै कारण भएको बताए । उनले ठुलो पार्टी भएकोले जुनसुकै बेला सरकारमा जान सकिने बताए ।
उनले सरकारलाई दिएको विश्वासको मतको बारेमा पार्टी भित्र छलफल गर्दा आफू विश्वासको मतको तटस्थ अवस्थामा बस्न लागेपनि पार्टी भित्र बहुमतको निर्णयलाई मानेर अघि बढेको सुनाए ।

आगामी फागुन २८ पहिला नै देशले राष्ट्रपति पाउनु पर्ने जिकिर गरे । फागुन २८ अघि राष्ट्रपति छान्न नसके देशमा अनिष्ट हुने बताए । नेपाली काङ्ग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने बताए । संविधान भन्दा बाहिर राष्ट्रपति हुन सक्दैन,उनले भने, यहाँ जसले जे गर्दा पनि हुन्छ भन्ने खालको अवस्थाको अन्त्य गर्न काङ्ग्रेसको राष्ट्रपति हुनुपर्छ ।
उनले हिजोको सर्वोच्च अदालतको निर्णयलाई सकारात्मक भनेका छन् । प्रदेशले मन्त्रालय घटाउन प्रदेशहरूले गरेको निर्णय सकारात्मक रहेकोमा उनले प्रशंसा गरे । प्रदेशहरूले गरेको जस्तो निर्णय संघले पनि गरेर जान सक्नु पर्छ, उनले भने, सङ्घीय सरकारले पनि आर्थिक संहितमा टेवा पुग्नेखालका काम गर्न दबाब दिने काम मिडियाले भूमिका खेल्नु पर्छ ।
अहिलेको सरकारले पत्रकारलाई दुख दिएको पत्रकारले दुख भोगेका छन्, उनले भने, हामी काङ्ग्रेसको सरकार हुँदापनि पत्रकारले दुख पाएको भए त्यसको लागि क्षमा चाहन्छु । उनले सबै जिल्ला समाहित हुनेगरि सबैलाई समेटेर नेतृत्व छान्न कोइरालाले आग्रह गरे । ।

















