काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका छन् ।

शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने समेत बताए ।
उनले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको आरोप समेत लगाए ।
उनले कांग्रेसले कुनै हालतमा राष्ट्रपनि नपाउने जिकिर गरे । धमिलो खोलामा माछा मार्न खोजेजस्तै कांग्रेसले राष्ट्रपति लिने दाउमा रहेको उनले बताए ।
बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए । अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयमा सबै दल इमानदार रहेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !