भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आर्थिक प्रलोभनमा परी ४ नर्सिङ कलेजलाई सम्बन्धन दिएको पाइएको छ ।

सीटीइभीटीकाे परिषद् बैठकले मिचैया नर्सिङ, ओम शाही नर्सिङ कलेज भैरहवा, सामुदायिक नर्सिङ कलेज चितवन र लाइफगार्ड नर्सिङ कलेज विराटनगरलाई प्रभावमा परी सम्बन्धन दिएको सीटीईभीटी स्रोतको दाबी छ ।
सातका अनसार स य अस्पताल नभएर स्वीकन नपाएका ती कलेजका सञ्चालकले सदस्यसचिव जीवनारायण काफ्लेलगायतका पदाधिकारीलाई प्रलोभनमा पारी स्वीकृत दिएको खुलेको हो ।
यहांसम्मकी नर्सिङ कलेज सञ्चालन गर्न स्वीकृत पाएका कलेजको आफ्नै सय बेडको अस्पताल छैन ।
सीटीईभीटी उच्च स्रोतका अनुसार स्तर महाशाखाका निर्देशक टैलेन्द्र आचार्यको निर्देशनमा उनकै बहिनी ज्वाई पर्ने कर्मचारी खेम पोखरेल र विजेश बस्नेतले अनुगमन गरी प्रभावमा परेर नसिंङ कलेजलाई स्वीकृत दिन सिफारिस गरेका थिए । सदस्य सचिवले चिकित्सा शिक्षा आयोगसँग सेटिङ गरेर ‘चार नर्सिङ कलेजलाई स्वीकृत दिएको स्रोतको दाबी छ । चार कलेज स्वीकृत दिदा करोड बढीको चलखेल भएको आरोप सदस्यसचिवमाथि लागेको छ ।
यस विषयमा सदस्य सचिवको कामको निगरानी गर्नपर्ने र सम्बन्धन स्वीकृत दिने उपाध्यक्ष खगेन्द्र अधिकारी पनि मौन बसेका छन्। उपाध्यक्ष अधिकारीकै मिलोमतोमा कलेजलाई सम्बन्धन दिएको दाबी स्रोतको छ। सदस्य सचिवको यो कामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ ।
यसअघि २०६९ सालदेखि रोकिएको करिव १ हजार ५० भन्दा बढी कलेजमध्ये केहीलाई प्रभावमा परी एलओआई पत्र थमाउन सफल सदस्य सचिव काफलेले ती कलेजले सम्बन्धन पत्र पाउन आग्रह गर्दा पर्खनुस् भन्दै रोक्ने काम गर्दै आइरहेको बताइन्छ ।
सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले समेत यसमा ध्यान पुन्याउन सकेका छैनन् । उल्टै सीटीईभीटी नेतृत्वलेमन्त्री खनालको सचिवालयलाई समेत नजिक बनाउन थालेको पाइएको छ ।
सरकारले टीएसएलसी खारेज गरी १८ महिने कोषलाई तीनवर्षे कायम गर्ने निर्णय गरेसंगै काफ्लेलगायतका पदाधिकारी अनियमितता गर्ने कार्यमा व्यस्त रहेको स्रोतको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !