काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेलले संविधान र नागरिकता ऐनको जित भएको प्रतिक्रिया जनाएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको छ । ‘यो संविधान र नागरिकता ऐनको जित हो । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ,’ पौडेलले भने ।
अदालतले लामिछाने नागरिकता नभएको भन्दै सांसद पद खारेज गरेको थियो । चितवन-२ बाट विजयी लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका थिए ।

















