काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठक आजपनि पार्टी कार्यालयमा बसेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

सो प्रतिवेदनमाथि आज छलफल हुने बताईएको छ। दाहालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेको विषयदेखि एमालेसहितको नयाँ गठबन्धन बन्नुको कारण पनि खुलाएका छन् । बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको छ । दाहालले राष्ट्रपतिमा साझा व्यक्तिको खोजी गर्ने कुरा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !