काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको अनुसान्धन प्रभावित गर्ने प्रहरी प्रमुख नै फेरेको आरोप लागको छ ।

आज (बुधबार) सर्वोच्चमा गृहमन्त्री लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामाथि अन्तिम सुनुवाइअन्तर्गतको बहसमा रिट निवेदक पक्षका तर्फबाट बसह गर्ने कानुनु व्यवसायीहरुले प्रधान कार्यालयले हालै गरेको एसएसपीहरुको सरुवाको प्रसंग उठाएका हुन् ।
गृहमन्त्री लामिछानेकै निर्णयको आधारमा पुस २९ गते २७ जना एसएसपीको सरुवा हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख पनि फेरिएका थिए ।
एसएसपी दान बहादुर कार्कीको सरुवा गरेर उनको ठाउँमा एसएसपी भरत बहादुर बोहरालाई प्रहरी परिसर प्रमुखको रुपमा खटाइएको थियो ।
जबकि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लामिछानेको नागरिकतालाई लिएर दर्ता भएको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको थियो ।
उक्त सरुवा गृहमन्त्री लामिछानेले आफ्नो नागरिकतासम्बन्धी विवादमा जारी छानबिन प्रभावित गर्ने उद्देश्यले गरेको रिट निवेदक पक्षका कानुन व्यवसायीको दाबी छ । रिट निवेदक पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले आफूविरुद्धको अनुसन्धान गर्न लामिछानेले काठमाडौं प्रहरी प्रमुख फेरेको आरोप लगाए ।
लामिछानेले आफ्नो नागरिकतामाथि अनुसन्धान जारी रहेको बेला स्वार्थ बाझिने गरी गृह मन्त्रालय रोजेर सरकारमा सहभागी भएको समेत भण्डारीले बताए ।
लामिछानेको मुद्दामाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा अन्तिम सुनुवाइ जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !