Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के प्रधानमन्त्री प्रचण्ड पिँजडामा छन् ?


के प्रधानमन्त्री प्रचण्ड पिँजडामा छन् ?

काठमाडौँ । ‘प्रधानमन्त्री पिँजडामा छन्, त्यस्तो नगर्दिनुहोला,’ सभामुखका लागि आफ्नो दलबाट ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव गर्नेक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘तर नेपाली कांग्रेसले ढोक्सा थापेको छैन ।’

अघिल्लोपटक यही संसद्मा प्रधानमन्त्रीका लागि विश्वासको मत दिने बेला सरकारलाई समर्थन गरेको कांग्रेसप्रति व्यंग्य गर्दै ओलीले ‘ढोक्सा (ढडिया) थापेको’ बताएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले बिहीबार सभामुखका लागि भने प्रतिस्पर्धा गर्‍यो । यो क्रम राष्ट्रपति निर्वाचनमा पनि जारी रहने संकेत गर्दै शर्माले ढोक्सा थापेको भन्न नमिल्ने तर्क गरे ।

प्रधानमन्त्री पद पुष्पकमल दाहाललाई दिएर सत्ताका सबै शक्ति आफ्नो हातमा पारेका ओलीले आफैं शासन गर्न खोजेको विश्लेषण कांग्रेसको छ । विश्वप्रकाश शर्माले भनेजस्तै, के प्रधानमन्त्री साँच्चै पिँजडामा छन् ?

पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रालयको बाँडफाँट र मुख्य पदहरूको चुनावलाई हेर्ने हो भने प्रधानमन्त्री चेपुवामा देखिन्छन् ।

सामान्यत : गृह र अर्थ मन्त्रालय प्रधानमन्त्री हुने दलकै पोल्टामा पर्छ । स्रोतका अनुसार प्रचण्डले पनि सके यी दुवै, नसके एउटा मन्त्रालय आफ्नो भागमा पार्न निकै प्रयास गरेका थिए । तर, ओलीको साथ पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह चाहिने अड्डी कसे । प्रधानमन्त्रीमा दाहालको प्रस्तावक एमालेले रोजेरै अर्थ मन्त्रालय लियो । परराष्ट्रमन्त्री पनि एमालेकै भागमा छ भने राज्य चलाउनका लागि चाहिने अर्को महत्त्वपूर्ण कानुन मन्त्रालय राप्रपाले लिएको छ ।

सभामुखको निर्वाचनमा एमालेका उम्मेदवारले बहुमत ल्याइसकेका छन् । राष्ट्रपति पनि एमालेकै तर्फबाट निर्वाचित गराउने गठबन्धनमा सहमति भएकाले त्यसैलाई मान्नुपर्ने अभिव्यक्ति ओलीले पटक–पटक दिएका छन् । उपसभामुख रास्वपाको भागमा परेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री प्रचण्ड एक्लै परेका छन् ।

यता, ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर सत्ताको साँचो आफ्नो हातमा रहेको छनक दिइसकेका छन् । कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णय हुनुअघि दाहालले ओलीनिवास बालकोटमा चार घण्टा ‘लन्च मिटिङ’ गरे ।

प्रधानमन्त्री चार घण्टा सत्ता साझेदार दलको नेताको घरमा बसेर मन्त्रालय बाँडफाँटको टुंगो लगाउनुपर्ने अवस्था आउनु नै सत्ता कब्जा भएको संकेत देखिनु हो भन्ने कांग्रेस नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री निरीह बनेको र सत्ताको खास साँचो ओलीकै हातमा पुगेको भन्दै माओवादी केन्द्र भित्रै असन्तुष्टि चुलिएको छ । ‘हाम्रो हातमा प्रधानमन्त्रीको पदबाहेक केही आएन, शासन त ओलीको तजबिजमा चल्ने अवस्था छ,’ माओवादीका एक नेताले भने, ‘यो भनेको राजकाजमा फेरि पनि ओली नै हाबी हुनु हो ।’

यो व्यवस्थालाई समग्रमा भन्नका लागि आफूले पिँजडा शब्द प्रयोग गरेको शर्माले बताए । ‘प्रधानमन्त्री भनेको के हो ? त्यो आर्थिक शक्ति, सुरक्षा शक्ति र बाह्य शक्तिको स्रोत हो,’ उनले भने, ‘तर त्यो सबै अहिलेका प्रधानमन्त्रीसँग छैन । सभामुख अर्काकै, राष्ट्रपति पनि अर्काकै हुने भएपछि प्रधानमन्त्री पिँजडामा भएनन् र ?’

ओली प्रधानमन्त्री हुँदा दाहालले उच्चस्तरीय संयन्त्रको नेता बन्ने प्रयास गरेका थिए । त्यतिबेला ओलीले संयन्त्रलाई संविधानले नचिनेको भनेर पन्छाए । अहिले दाहाल प्रधानमन्त्री हुँदाचाहिँ त्यही संयन्त्रलाई ब्युँताएर सरकारले सार्वजनिक गर्नुपर्ने कार्यक्रम ओलीले गर्न थालेकाबाट पनि प्रधानमन्त्री पिँजडामा परेको प्रस्ट संकेत देखिएको शर्माको विश्लेण छ । ‘सुनकै भए पनि पिँजडा पिँजडा नै हो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीकै कुर्सी भए पनि राजकाज अर्कैले गर्ने भएपछि त्यो सुनको पिँजडाजस्तै आकर्षक अवश्य छ तर त्यसले बन्धन सिर्जना गरेको छ ।’

दुई तिहाइको प्रधानमन्त्री हुँदा ओलीले राष्ट्रपतिबाट मिल्नेभन्दा बढी सहयोग पाएको र सभामुखबाट त्यस्तै साथ नमिल्दा असहयोग भएको भनेर गुनासो गरेको स्मरण गर्दै शर्माले सन्निकट खतरा टार्न शीतलनिवासमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए ।

वामविश्लेषक झलक सुवेदी प्रधानमन्त्रीको अवस्था सुरुवातमै कमजोर देखिएकाले उनी चेपुवामा रहेको बताउँछन् । ‘राजनीतिक हिसाबले प्रधानमन्त्रीको डिफ्याक्टो र डिजुरे भूमिका आफैंले देखाउन खोजेको ओलीको गतिविधिले संकेत गर्छ,’ उनी भन्छन्, ‘दाहाललाई प्रधानमन्त्री बनाएर ओलीले राजनीति आफ्नो कमान्डमा राखेका छन् र दैनन्दिनको काममा मात्रै उनलाई (प्रधानमन्त्रीलाई) सीमित गरेका छन् ।’

शर्माले भनेजस्तो पिँजडासँग यो अवस्थालाई तुलना गरिहाल्न नमिले पनि प्रधानमन्त्रीलाई सकस भने अवश्य भएको उनको ठम्याइ छ । ‘प्रधानमन्त्रीले राजीनितक शक्तिको अनुभव गर्न नसकेको देखिन्छ,’ उनी भन्छन्, ‘यो क्रम जारी रहे गठबन्धन लामो समय जाँदैन ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh