काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले कानुन कार्यान्वयनका लागि दबाब नदिन आग्रह गरेका छन् ।

बैठकको शुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेकोले सभामुखमा भोट हाल्न पाउने कि नपाउने भन्ने प्रश्न गरेका थिए । त्यसको जवापल दिँदै गृहमन्त्री लामिछानेले दबाब नदिन भनेका हुन् ।
उनले घुमाउरो जवाफ दिँदै भने, ‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन । गृह मन्त्रालय टसमस हुनेछैन । तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ ।’
उनले गृहको कामलाई कसैले पनि प्रभावित नगर्न आग्रह गरे । साथै समामुखमा एमालेको उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न आग्रह गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !