काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कार्यभार सम्हालेपछि उच्चस्तरको भेटवार्तालाई निरन्तरता दिएका छन् । उनले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

ओलीलाई भेट्न राजदूत बुधबार साँझ ओली निवास बालकोटमा पुगेका हुन् । सो क्रममा उनीहरुबीच द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ । माघ २ गते राजदूत सोङले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !