काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दाहाल-ओलीबीच सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँड टुंग्याउन बाँकी छ । हाल सात सदस्यीय मन्त्रिपरिषद् छ । मन्त्रिपरिषद् विस्तारसँगै दलहरुबीच राष्ट्रपति र सभामुखजस्ता पदमा सहमति जुट्न सकेको छैन । यी दुई पदमा कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय उत्पन्न भएको छ । दाहाल पुस १० मा एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ ५ मा हुँदै छ । संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !