चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार चितवन महोत्सवमा आउने भएका छन्।

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ।
गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न आउँदैछन्।
आज चितवन आउन लागेका गृहमन्त्री लामिछानेले विभिन्न कार्यक्रमा सहभागिता जनाउने स्वकीय सचिव सिग्देलले जानकारी दिए।
त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुड फेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ।

















