काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संविधानप्रतिको प्रतिवद्धता छ कि छैन ? भनी प्रश्न गरेका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति तर्फ लक्षित गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

आफू नेतृत्वको पार्टीले यो सरकारलाई विश्वासको मत दिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले संसद विघटनको बाटोमा जान नहुने उनले बताए । ‘यो सरकारले विश्वासको मत पाउँछ । यसो भनिरहँदा प्रधानमन्त्रीको यो संविधानप्रतिको प्रतिवद्धता छ कि छैन ?,’ उनले भने ।
साथै, नेपालको अर्थतन्त्रको ड्राइभिङ इन्जिनका रुपमा पर्यटन र जलविद्युत रहेकाले त्यसको विकासका निम्ति सरकारले आवश्यक कदम चाल्नु पर्ने उनको धारणा छ ।

















