काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिक स्थिरता र स्थायित्वका लागि विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी देउवाले पछिल्लो राजनीतिक परिस्थिति फरक बन्दा देश अस्थिरतातर्फ जाने खतरा रहेको स्थिरताका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा पुगेको बताए ।
सभापति देउवाले भने– ‘सरकार जस्तोसुकै परिस्थितिमा बने पनि वर्तमान सरकारले निरन्तरता पाउन नसके देश अस्थिरतातर्फ जान सक्छ । त्यसैले राजनीतिक स्थिरता र स्थायित्वका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा पुगेका हौ ।’
सरकारलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा रहेर सरकारलाई बलियो प्रतिपक्षीको रुपमा खबरदारी गर्ने सभापति देउवाले प्रतिवद्धता जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !