Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए ।

“अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाए ।

“अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भने, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान गरे ।

“आगामी दिनलाई रचनात्मक ढङ्गले अगाडि बढाऔँ, देशका लािग धेरै काम गरौँ”, उनले भने, “आम नागरिकका समस्याका साथै भूमिसम्बन्धी समस्या, अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्नुपर्नेछ ।” राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको असरबाट अझै नेपाली जनता मुक्त हुन नसकेको भन्दै उनले राजनीतक आन्दोलनबाट प्रभावित व्यक्तिलाई राहत दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने बताए ।

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने उनको भनाइ छ । “विधिवत् ढङ्गबाट हामीले एउटा नीति तय गर्नेछौँ । त्यो नीतिअनुसार नै सरकार अगािड बढ्नेछ”, अध्यक्ष ओलीले भने, “यस सरकारले लोकतन्त्रको रक्षा, संवद्र्धन र सुदृढीकरणका लागि काम गर्ने छ ।”

मुलुकलाई तीव्र आर्थिक विकासमा अगाडि लैजान सहज परिस्थिति नभएको जनाउँदै उनले चुनौतीको समाधान गरी अगाडि बढ्नुपर्ने बताए । सांसदको हैसियतले देश र जनताका लागि काम गर्नुपर्नेमा उनले जोड दिए । “हाम्रा अगाडि धेरै चुनौती छन् । भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेदको अन्त्य, आन्दोलनका घाउमा मलमपट्टी गर्नुपर्ने छ”, उनले भने, “राजनीतिक बन्दी रिहा हुन सकेका छैनन्, शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने चुनौती छ ।”

ऋणात्मक अर्थतन्त्र उकास्नुपर्छ

ज्वलन्त समस्याको सकारात्मक समाधान खोजेर मुलुकलाई अगाडि बढाउनुपर्ने उत्तरदायित्व प्रतिनिधिसभाको काँधमा आएको उनले बताए । “राजस्व सङ्कलन घटेको छ, अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ”, उनले भने, “अर्थतन्त्रसम्बन्धी समस्यालाई समाधान गरेर जानुपर्छ ।”

“आज अर्थतन्त्र गम्भीर अवस्थामा छ । राजस्व उपयुक्त ढङ्गले उठिरहेको छैन । धेरै वर्षपछि राजस्व ऋणात्मक भएको छ । वैदेशिक मुद्राको सञ्चिति घटेको तथा निर्यात घटेर आयात बढेको छ”, अध्यक्ष ओलीले भने, “महँगी बढेर जनजीवन कष्टकर बनिरहेका अवस्थामा निर्वाचनपछि प्रतिनिधिसभा सुरु भएको छ, यी सबै समस्याको सकारात्मक समाधान खोजेर देशलाई अघि बढाउनुपर्छ ।”

वर्तमान सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको जानकारी दिँदै उनले भने, “सरकारलाई बधाई दिन्छु र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहन्छु ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh