पोखरा । अंग्रेजी नयाँ वर्षको सुरुवाटै पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यससंग समबन्धित गतिविधि पनि हुन थालेका छन् । यसैविच भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली व्यवसायीको व्यापारमा सहजीकरण गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन गरिएको हो ।

परिषदको अध्यक्षमा राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका संस्थापक सदस्य सुमन तिमिल्सिना रहेका छन् । समितिको उपाध्यक्षमा सूर्यबहादुर थापा, सचिवमा सुवास ढकाल र कोषाध्यक्षमा करिश्मा केसी छन् । त्यसैगरी सदस्यहरुमा विष्णुप्रसाद रिजाल, सुवास पौडेल, विजय पौडेल, सुवास लम्साल, केदार पौडेल, सुजाता अधिकारी र अमृत पराजुली रहेका छन् ।
भन्सार प्रसाशनका सूचनालार्इ व्यवसायीबिच अध्यावधिक गरी पुलको रुपमा काम गरिने अध्यक्ष तिमिल्सिनाले बताए । पोखरा हवाई मार्गबाट अन्तर्रास्ट्रिय बजारमा पहुँच पुग्ने भएकाले नियार्तमा जोड दिने सचिव सुवास ढकालले व्यवसायीसंग आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !