काठमाडौं । कैलालीमा नौं किलो बढी लागुऔषध चरेससहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ बसपार्कस्थित नवीन होटलबाट हिजो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-७ काँडाका ३६ वर्षीय यमराज दौल्याल हुन् । उनलाई सो होटलको कोठो नम्बर १०१ बाट नौं किलो ३४० किलोग्राम चरेससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर पक्राउ गरेको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !