काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेपाल निस्किएका हुन् ।

बैठकमा के निर्णय गरियो भन्ने खुलाइएको छैन । नेपालभन्दा अगाडि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निस्किएका थिए ।

















