काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।
मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् ।
सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रुपमा विकट क्षेत्रका वासिन्दाको सहयोगमा सांसद बन्न सफल भएको नबिर्सिएको पनि उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !