धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् ।‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु ।’

उनले कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन् ।मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो ।
कारबाही गर्न दलित आयोगको माग
राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् ।धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन् ।
जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ ।
राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् ।धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन् ।जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ ।
संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठन, परियार सेवा समाज, श्री विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समाज, मरिक सेवा समाज, दलित विकास समिति धरानलगायतका संघसंगठनले यस्तो माग गरेका हुन् ।मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।
संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मूक्ति समाज, नेपाल दलित संघ, नेपाल दलित मूक्ति संगठन, राप्रपा निकट उत्पीडित संगठन, परियार सेवा समाज, श्री विश्वकर्मा कल्याण सेवा समिति, मिजार सेवा समाज, मरिक सेवा समाज, दलित विकास समिति धरानलगायतका संघसंगठनले यस्तो माग गरेका हुन् ।मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।

















